Sponsor

पेरिस कम्युन

इतिहासमा सर्वहारा अधिनायकत्वसम्बन्धी अनुभवको पहिलो उदाहरण ।
पेरिस, १८ मार्च १८७१
सन् १८७१को विद्रोह फलस्वरूप गठित मजदुरवर्गको यो क्रान्तिकारी सरकार, १८ मार्चदेखि २८ मेसम्म, जम्मा ७२ दिन कायम रह्यो । पेरिस कम्युनले चर्चलाई राज्यबाट अलग तुल्यायो र स्तुलहरूलाई चर्चको अधीनबाट मुक्त गर्‍यो, स्थायी सेनाको सट्टा जनतालाई सार्वजनिक रूपमा सशस्त्र तुल्यायो, कर्मचारीहरूको तलब मजदुरहरूको तलबभन्दा बढी हुनु हुन्न भन्ने नियम वनायो, मजदुरहरू तथा शहरका गरीब बासिन्दाहरूको आर्थिक स्थिति सुधार्ने विभिन्न कदमहरू चालेको थियो । २९ मे, १८७१मा थियेरको प्रतिक्रान्तिकारी सरकारको सेना पेरिसभित्र पसेर क्रुरतापूर्वक पेरिसका मजदुरहरूको दमन गर्‍यो । करिब ३० हजार मानिसहरू मारिए, ५० हजार व्यक्ति गिरफ्तार भए र हजाररौंले कालापानीको सजाय पाए ।
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment