Sponsor

प्रथम सहिद लखन थापा मगर


प्रथम सहिद लखन थापा मगर
नेपाली जनताको हक र अधिकारको खातिर लड्दा लड्दै वीरगति प्राप्त गरेका प्रथम सहिद लखन थापा मगरको जन्म वि.स. १८९१ मा हाल नेपालको गोरखा जिल्लाको बुङ्कोट गाविसको वडा नं. ४ को काहुले भन्ने गाउँमा भएको थियो । उनको जन्म जुम्ल्याहा दाजुभाईको रुपमा भएको थियो ।
नेपालका प्रथम सहिद लखन थापा मगरको बाल्यकाल कसरी वित्यो भन्ने बारेमा ठोस प्रमाणको अभावमा ठ्याक्कै यसरी नै वित्यो भन्न सकिदैन । नेपालका प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणा युरोप भ्रमणबाट फर्के पछि ई.स. १८५४ मा काठमाडौमा दरबार स्कुलको स्थापना गरेका थिए । नेपालको पहिलो शिक्षालयको रुपमा स्थाापित उक्त स्कूलमा राणा र राजपरिवारहरुका सदस्यहरुले मात्र पढ्न पाउँथे । त्यसैले लखन थापाको समयमा नेपालमा सर्वसाधारण जनताहरुले शिक्षा हासिल गर्नको लागि कुनै औपचारिक विद्यालयहरु नै थिएन्न । नेपालीहरुले आफ्नो छोराछोरीलाई पढाउनको लागी भारतमा पठाउने गर्दथे तर त्यस समयमा सबै नेपालीको त्यसो गर्न सक्ने स्थिति थिएन । वि.स. १८७१ मा नेपाल सरकार ईष्ट इण्डिया कम्पनी बिच युद्ध सुरु भई वि.स. १८७२ फागुन २४ गते सुगौली सन्धिमा हस्ताक्षर भई सकिएको थियो । नेपाल अंग्रेज युद्धमा सिमीत साधन र स्रोतको विच नेपालीहरुले देखाएको बहादुरीबाट प्रभावित भएर जनरल अक्टरलोनी र पश्चिमी क्षेत्रका नेपाली सेनाध्यक्ष अमरसिंह थापा बीच पश्चिमी क्षेत्रमा भएको सम्झौतामा नेपाली जवानहरुलाई तत्कालिन हिन्दुस्तानी सेनामा भर्ति गर्न सकिने प्रावधानले गर्दा लखन थापा मगरको पुर्खाहरुमध्ये कोही पुरानो गोरख पल्टनसित काठमाडौ फर्के भने कोही ईष्ट इण्डिया कम्पनीको फौजमा सेवा गर्न बसे । तसर्थ लखन थापा मगरले पनि आफ्नो तेस्रो गोर्खा राईफल्समा बहालवाला रहेका सम्बन्धित फेमेली क्वार्टरमा रहेर प्रारम्भिक शिक्षा प्राप्त गरेका थिए । सामान्यतया कुनै पनि व्यक्तिको बाल्यकाल बितेको स्थानमै प्रारम्भिक शिक्षा हासिल गरेको हुन्छ ।

सैनिक सेवा

नेपालको ईतिहासमा मातृभूमिको रक्षार्थ नेपाली सेनाका विर सपूतहरुले देखाएको बहादुरी, साहास र बलिदान अद्धितिय छ । विशेषत वाईसे चौबिसे टुक्रे राज्यहरुमा विभाजित नेपालको एकीकरण गरि सिङ्गो नेपाल बनाउने अभियानमा जयन्त रानामगर, कालु पाँडे, प्रतिमन राना मगर, विराज वखेती, सुरजसिंह रानामगर, मानसिंह रोका मगर जस्ता वीर योद्धाहरुको योगदानलाई कहिल्यै विर्सन सकिदैन । यो विशाल नेपालको स्वाभिमान, सवतन्त्रता र राष्ट्रियतालाई जीवन्त राख्न बलभद्र कुवर, बडाकाजी अमरसिंह थापा, सरदार भक्ति थापामगर लगायत थुप्रै वीर वीराङ्गानाहरुले नेपाल अंग्रेज युद्धमा सीमित सैन्य शक्ति, आधुनिक हात हतियारको अभावको बावजुद प्रर्दशन गरेको सौम्य साहस र पराक्रम अतुलनीय छ । यिनै वीर नेपाली पुर्खाहरुको गौरव गाथालाई जीवन्त तुल्याउदै राष्ट्र र राष्ट्रप्रेमको भावना लाई सम्वद्र्धन गरी नेपाली जनतालार्य सार्वभौम सत्ता सम्पन्न बनाई नेपालमा लोकतान्त्रिक शासन पद्धतिको स्थापना गराउने लखन थापामगरको ध्येय र उद्देश्य थियो । सोही उच्च राष्ट्रप्रेमको भावना बोकेर ऊनी बिस वर्षको उमेरमा वि.स. १९११ मा आफ्नै पुख्र्यौली मगर पल्टन ‘पुरानो गोरख पल्टन’ मा भर्ती भए । उनका पुर्खाहरुले भारतीय सेनाको तेस्रो राईफल्समा सेवा गर्ने परम्परा लाई तोडेर, आफ्नो अभिभावकको आग्रहलाई अस्विकार गरी मातृभूमिको मायाले लखन थापामगरलाई नेपाली सेनामै भर्ति हुने उत्कट चहाना जागेको थियो । र त्यही उत्कट ईच्छाको कारण तथा राष्ट्रप्रतिको वफादारीले गर्दा लखन थापा मगर नेपाल सेनाको पुरानो गोरख पल्टनमा भर्ति भए र नेपालकै सेवामा लाग्न थाले ।

विद्रोहको तयारी

नेपाल सरकार र ईष्ट ईण्डिया सरकारको बिचमा सुगौली सन्धिपछि भारतीय जनताहरुले ब्रिटिस साम्राज्यका विरुद्ध विद्रोह गर्दा नेपालका जहाँनिय एकतन्त्रिय राणा प्रधानमन्त्री जंगबहादुर राणाले ब्रिटिसको पक्षमा आफूलाई उभ्याई उसैको साम्राज्यबादलाई बढुवा दिन भारतीय जनताको विद्रोह दबाउनको लागि तथा अग्रेँजहरुलाई खुसी पार्नको लागि ऊनले नेपाली सेनाको दुरुपयोग गरेका थिए । भारतीय जनताको आजादको संग्राममा नेपाली सेनाको दुरुपयोग भएको त्यो बेला लखन थापामगर जस्ता देश भक्त नेपालीहरुलाई साह्रै चित्त दुखेको थियो ।
भारतीय जनताले गरेको स्वातन्त्रताको विद्रोह दवाउन अंग्रेज सरकारले नेपाली सेनाको पनि सहयोग मागेकोले जंग बहादुर स्वयम नेपाली सेनाको नेतृत्व गर्दै भारतीय भूमिमा भारतीय जनताको स्वतन्त्रको लडाईलाई दबाउन पुगे । त्यहाँ नेपाली सेनाले अंग्रेज सेनाले जस्तै चरम दमनमा जंग बहादुरले उतारेको देख्दा लखन थापामगर जस्ता स्वतन्त्रका हिमायती नेपाली सेनाका जवानहरुमा जंगबहादुर प्रति वितृष्णा बढाएको थियो । जंगबहादुरको त्यस्तो कार्यको उनले विरोध गरे पनि त्यस समयमा जंग बहादुर राणा अत्यन्यै बलिया भएको कारण ऊनको विरोध गर्नु चानेचुने कुरा थिएन । भारतीय जनताले गरेको त्यो स्वतन्त्रताको विद्रोहबाट लखन थापामगर अत्यन्त्यै प्रभावित भएका थिए । उनले पछि नेपालमा फर्के पछि नेपाली जनताले झेल्दै आएको तानाशाहको दाम्लोलाई जसरी भए पनि चुडाल्ने प्रतिज्ञा गरे ।

त्यस समयमा नेपाली समाज अत्यन्यै अशिक्षित समाज थियो । रुढिबादी, धार्मिक विश्वास गर्ने समाजमा जंगबहादुरको विरुद्ध विद्रोह गरी नेपाली समाजलाई समुन्नत बनाउने काम लरोतरो काम थिएन । अतः लखन थापामगर भारतीय भूमिबाट फर्कि नेपाली जनतालाई स्वतन्त्र गराउने उद्देश्य लिई उनले आफ्नो मन मिल्ने साथीहरुलाई आफ्नो योजनाको बारेमा सामान्य अवगत गराए । तर यो अति नै जोखिमपूर्ण भएकोले ऊनले आफ्नो नजिकका मित्र जयसिंह चुमि रानामगरलाई मात्र भने । पछि लखन थापामगर र जय सिंह चुमि रानामगर वि.स.१९२७ सालमा छुट्टिमा घर आएको बेलामा पल्टनमा नफर्कि लखन थापामगर उनका मित्र जयसिंह चुमि रानामगर आफ्नो ईलाका मै सोझा ईमान्दार गरीब निमुखा थिचोमिचो सहदै आएको जनताहरुलाई बैचारीक ज्ञान दिदै संगठित र प्रशिक्षित गर्दै हिडे । त्यति बेलाको नेपाली समाज अन्धविश्वास, झारफूक, धार्मिक कुरामा विश्वास गर्ने हुदाँ लखन थापा र जयसिंह चुमि रानामगरले जोसमनी मत नामक धार्मिक आन्दोलनमा लागे । जो पूर्वतिर अत्यत्तै प्रभावकारी ढंगबाट अगाडी बढीरहेको थियो । त्यस जोसमनी धार्मिक आन्दोलनको नाम मात्र थियो । त्यहाँ नेपाली जनतालाई स्वतन्त्रताको पक्षमा उभ्याई जंगबहादुरको विरुद्घ विद्रोहको तयारी गर्नु थियो । त्यसरी धार्मिक हिसाबले भेला हुदाँसम्म जंगबहादुरको प्रशासनले केही गर्न सक्दैनथ्यो । त्यसैले लखन थापामगर र उनको मित्र जयसिंह चुमी राना मगरले जोसमनी धार्मिक मुद्दालाई अग्रभागमा राखेर नेपाली जनतालाई संगठित बनाउने काममा अहोरात्र खटिरहे । उनको यो आन्दोलन ले छोटो समयमै निकै सफलता हासिल गरेको थियो । लखन थापामगरले सबै गाउँलेहरुलाई जम्मा पारी धार्मिक प्रवचनका साथै स्वतन्त्रताको बारेमा र खुनी राणा शासनको विरुद्धमा जनताहरुलाई प्रशिक्षित गर्दथे । विस्तारै विस्तारै जोसमनी धार्मिक समुहले राजनितिक संगठित संगठन निर्माण हुदैँ थियो । पछि लखन थापाले गोरखा जिल्लाको बुंकोट काहुलेको आफ्नै दरबारमा वरपरका युवाहरुलाई जम्मा पार्दै जोसमनी प्रवचन एवम राजनीतिक प्रवचन दिन थाले । त्यही समुहलाई पछि लखन थापामगरले आफ्नै दरबारमा संगठित गाउँलेहरुलाई युद्धको तालिम पनि दिन थाले । लखन थापाको दरबार कम्पाउण्ड भित्र दिनहुँ जनसमुदाय एकत्रित गरि जंग बहादुरको मानवताविरोधी क्रियाकलापबारे छलफल हुने गर्दथ्यो । लखन थापाको मुमुधुर बोली वचन र तार्किक क्षमताले गर्दा छोटो समयमा नै धेरै जनताहरु एकतावद्ध भएका थिए । उनले प्रजातन्त्र प्रति उत्साही युवाहरु र केही भूतपूर्व सैनिकहरुलाई समेत समावेश गरेर जनसेना तयार गरेका थिए । लखन थापाले निर्माण गरेको विद्रोही सेनामा जयसिंह चुमी रानामगर, कुरा रानामगर, कालु लम्साल, अच्छामी मगर लयायत करीब दुई हजारको संख्यामा सेनाहरु थिए । लखन थापाको कमाण्डमा रहने सो जनसेनासंग बन्दुक, खुकुरी, भाला, खुडाँ एवम तरवार जस्ता हातहतियारहरुको व्यवस्था गरि तालिम दिईन्थ्यो । सो जनसेनाको खर्च बुंकोट दरवार किल्ला भित्रका जनताहरुले प्रदान गरेका आर्थिक सहयोग नै हुने गर्दथ्यो । यसरी लखन थापा मगर जंग बहादुरको खुनी एकतन्त्रिय शासनको विरुद्धमा विद्रोह गर्ने अन्तिम तयारीमा जुटे ।

जनक्रान्तिमाथि दमन र फाँसी

पहिले पहिले मुद्दाको छिनोफानो गाउँकै भलाद्मीहरुले हेर्ने गर्दथेँ । गोरखामा बुंकोट सिउडेपानीका सर्वजित क्षेत्रीले सो जिम्मेवारी लिएका थिए । लखन थापामगरले संगठित रुपमा जंगबहादुरको विरुद्ध विद्रोहको तयारी गरेका जानकारी उनैले काठमाडौमा जंगबहादुरलाई गराए । त्यो खवर सुने पछि जंगबहादुर निकै क्रुद्ध बने । अनि उनले आफ्नो आठपहरियाहरु गोरखाको बुंकोटमा पठाई लखन थापा लगायत उनले तयार पारेको जनमिलिसियाहरुलाई पक्रेर ल्याउन भनेर देविदत्त पल्टनलाई आदेश दिई पठाए । जंगबहादुरको आदेशमा गोरखा बुंकोट लखन दरबारमा आईपुगेका देविदत्त पल्टनका सिपाहीहरुले चारैतिर घेरा हाले । सो समयमा लखन थापाको जनमिलिसिया बैठक बसिरहेको थियो । त्यसपछि दुबै सेना लखन थापाको जनसेना र जंगबहादुरको आलदेशपालक सेना देविदत्त पल्टनको बिच घोरघमासान युद्ध भयो । दुबै पक्षका धेरै मानिसहरु हताहत भए । अन्तमा लखन थापाको जनसेनाको युद्ध सामाग्री सकियो र युद्धलाई रोक्नु प्यो । युद्ध रोकिएको अवस्थामा भाग्न सक्ने स्थिति हुदाहुदै पनि देशभक्त लखन थापाले भाग्न उचित मानेन बरु देश र जनताको लागि हासि हाँसि मर्न तयार भए । त्यसपछि देविदत्त पल्टनले बचेका लखनका जनसेनाका लखन थापामगर, जयसिंह चुमी राना सहितलाई पक्राउ गरे । समातिएको लखन थापा लगायत अन्य विद्रोहीहरुलाई फलामको सिक्रिले बाँधेर जंग बहादुरको सामु पेश गरियो । जनक्रान्तिको नेतृत्व गरी जनविद्रोहलाई अगाडी बढाएको सबुत फेला पारेकोले लखन थापामगर सहित अन्य उनका ६ जना सहयोगीहरुलाई मृत्युदण्डको घोषणा जंग बहादुरले गरे । कालु लम्साललाई भने ब्रम्हाण भएकोले मृत्यु दण्ड दिईएन ।
जंगबहादुरको ठाडो आदेशमा जनविद्रोही कमाण्डर लखन थापा लगायत उनका

 सहयोगीहरुलाई लिएर देविदत्त पल्टन गोरखाको बुंकोट काहुलेको भंगारमा रहेको लखन दरबार भित्र बनाईएको मनकामना मन्दिरको अगाडी खिर्राको रुखमा वि.स. १९३३ फागुन २ गते नेपालका प्रथम जनविद्रोही सर्वोच्च कमाण्डर लखन थापा मगर र उनका सहयोगिहरुलाई झुण्ड्याईयो । यसरी जनस्तरबाट भएको विद्रोहलाई जहानिया राणा शासक जंगबहादुरले जनक्रान्तिलाई निमोठे ।
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment