Sponsor

लेनिनको जमीन, रोटी र शान्ति

भ्लादमिर इल्यिच लेनिन

एंगेल्सपछि रूसमा मार्क्सवाद बुझ्ने दुईथरी प्रवृत्ति देखापरेका थिए। एकथरी मार्क्सवादमा संशोधन आवश्यक देख्थे भने अर्को समूह मार्क्सवादको शास्त्रीय मान्यतामा विश्वास राख्थे। आफ्ना दाजुको हत्या भएपछि राजनीतिमा सक्रिय भएका भ्लादमिर इल्यिच लेनिन दोस्रो समूहमा पर्थे।

सन् १९०५ को असफल क्रान्तिपछि रुसी कम्युनिष्ट पार्टीमा निराशा छाएको थियो। लेनिनले त्यही वेला आकर्षक नारा दिएर वैध, अवैध सबै तरीकाले संघर्ष अघि बढाए। संसद्मा गएर त्यसको विरोध गर्ने 'क्रान्तिकारी संसद्वाद' र संगठन निर्माणमा 'जनवादी केन्द्रीयता' जस्ता नाराले उनलाई चर्चित बनायो। १९१७ को फेब्रुअरी क्रान्तिपछि पार्टीका केही समूह सरकारमा गए पनि लेनिनले छिमेकी पूँजीवादी देशहरू लडाइँमा फँसेको, लड्दा–लड्दा सेना थाकेको र परिवर्तनप्रति रुसी चाहना तीव्र बनेको जस्ता विश्लेषण गर्दै 'जमीन, रोटी र शान्ति' को नारा दिए। यो पपुलिष्ट नारा यति फाप्यो कि अप्रिलसम्म अल्पमतमा रहेको लेनिनको बोल्शेभिक पार्टी अक्टोबरमा सत्ता कब्जा गर्न सफल भयो। क्रान्तिताका जमीनमाथि व्यक्तिगत अधिकार हटाएका लेनिनले विपक्षीहरू बढी देखेपछि संविधानसभा नै विघटन गरेका थिए।
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment