Sponsor

यी हुन् बेलायतका सबैभन्दा सुन्दर भू-धरातल



प्रकृतिले कुनै ठाउँलाई यति सुन्दर बनाइदिएको हुन्छ की त्यहाँको भु-धरातलको दृश्यावलोकन गर्दैमा मानिस लठि्ठन्छ र त्यो दृश्यलाई आफ्नो क्यामरामा कैद नगरिरहन सक्दैन । कतिपय ठाउँमा आँखाले हेर्दा वा आफै पुग्दा त्यतिसारो सुन्दर नदेखिएपनि क्यामरामा कैद गरिसकेपछि त्यसको तस्वीर हेर्दा साँच्चीकै मनमोहक लाग्छन् । त्यस्तो चरित्रलाई फोटोजेनिक भनिन्छ । फोटोग्राफरहरुले बेलायतका यस्ता सबैभन्दा ठाउँहरुको सूचि तयार गरेका छन् जो साँच्चीकै फोटोजेनिक छन् ।

फोटोग्राफरहरुको नजरमा बेलायतको सबैभन्दा फोटोजेनिक भुधरातलको रुपमा लेक डिस्ट्रिक्ट परेको छ । बेलायतको सबैभन्दा ठूलो प्राकृतिक ताल विन्डरमेर अवस्थित यो ठाउँ फोटो खिच्नेका लागि पहिलो रोजाइमा पर्छ ।
योर्कसायर डेल्स

क्यामरा उत्पादक निकोन कम्पनीले फोटोग्राफरबीच गराएको मत सर्भेक्षणमा बेलायतको सबैभनदा फोटोजेनिक ठाउँको दोश्रो स्थानमा योर्कसायर डेल्स परेकेा छ । उत्तरी क्षेत्रका भुधरातलहरु नै फोटोजेनिक धरातलको उत्कृष्ट ५ भित्र परेका छन् ।

पिक डिस्ट्रिक्ट

तेश्रो स्थानमा पिक डिस्ट्रिक्ट परेको छ । त्यस्तै वेल्सको स्नोडोनिया राष्ट्रिय निकुञ्ज चौथो र स्कटल्याण्डको उच्च पर्वतीय क्षेत्रमा पर्ने लोच नेस पाँचौँ स्थानमा परेको छ ।

स्नोडोनिया राष्ट्रिय निकुञ्ज


लोच नेस

फोटोजेनिक धरातलहरुको छैटौँ स्थानमा मात्र दक्षिण भागका क्षेत्रले ठाउँ बनाउन सफल भएका छन् । छैटौँ स्थानमा ढुंगेकला क्षेत्र स्टोनहेन्ज परेको छ भने सातौ स्थानमा डोभरको सेतो भिर परेको छ ।

स्टोनहेन्ज


डोभरको सेतो भिर


स्ले अफ स्काइ

निकै सुन्दर भएर पनि धेरै कम मानिसलाई मात्र थाहा भएकेा सुन्दर क्षेत्रको रुपमा स्कटल्याण्डको स्ले अफ स्काइ परेको छ ।

छेपारे प्रायद्विप

बेलायतको सबैभन्दा दक्षिण भेगको रुपमा रहेको छेपारे प्रायद्विप पनि आकर्षक तथा सुन्दर भुधरातलको रुपमा रहेको छ ।

पिस्टिल झरना

वेल्सको बेर्विन पहाडमा रहेको २४० फिटको पिस्टिल झरना संयुक्त अधिराज्य बेलायतको अग्लो झरनाको रुपमा रहेको छ ।

डर्डल डुअर

त्यस्तै डर्सेटस्थित लुलओर्थनजिकको जुरासिक तटीय क्षेत्रमा रहेको चुनढुंगाको कलात्मक आकृति डर्डल डुअर बेलायतमा विदा मनाउन जानेका लागि सबैभन्दा लोकप्रिय क्षेत्रको रुपमा रहेको पाइएको छ ।
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment