Sponsor

यी हुन् संसारकै प्रशिद्ध पानी मुनिका (अन्डर वाटर) होटलह

संसारमा घुम्नका लागि अदभूत र सन्दर स्थान , चिजको कमी छैन । तर पानी मुनिको सन्दर संसार केहि अलग हुने गर्दछ । जसलाई देखेर तपाई मंत्र मुग्ध बन्नु हुनेछ । अन्डर वाटर वर्ल्डको यात्रा निकै रोमान्चक हुने गर्दछ । अन्डर वाटर वर्ल्डमा तपाइले कयौ प्रकारका समुद्री जीव देख्न पाउनुहुन्छ ।


(1) द शिमाओ वंडरल्याण्ड, चीन (The Shimao Wonderland, China)

यो होटल चीनको सोंगजियांगमा थियानमेंशन पहाड़को बिचमा अवस्थित छ । १९ तलको यस होटल पानीको १०० मिटर भित्र रहेको छ । यस होटलमा ३८० कोठा रहेको छ । यस होटलको डिजाइन बेलायतका डिजाइनिंग फर्म एटकिन्सले डिजाइन गरेको हो । यस होटललाई गुफा होटल पनि भनिन्छ ।



(2)क्रिसेन्ट हाइड्रोपोलिस, दुबई ( Crescent Hydropolis, Dubai)

क्रिसेन्ट हाइड्रोपोलिस दुबईको प्रशिद्ध अंडरवाटर होटल हो । यस होटलमा खास गरी विश्व प्रशिद्ध हस्ति र शाही परिवारहरु बस्नको लागि जाने गर्दछन । कोठा देखि डाइनिंग एरिया, मीटिंग हॉल र इनडोर गेमिंग एरिया सम्म सबै सिसाले बनेका छन् । जसको कारण समुन्द्रका जीव र समुन्द्रमा रहने हरेक प्रकारको दृश्य हेर्न सकिन्छ ।



(3)हुवाफेन फुशी (Huvafen Fushi, Maldives)

हुवाफेन फुशी मालदीवको प्रशिद्ध होटल हो । यस होटलको विशेषता भनेको पानीको मुनि निकै सुन्दर तरिकाले निर्माणनै हाउसनै हो । यस होटलको बाहिरी भाग पनि निकै कलात्मक तरिकाले सजिएको छ । यस होटलमा इनडोर स्टेडियम देखि स्पा सम्मको सुविधा रहेको छ । यस होटलमा पानीको भित्र बाट समुन्द्रको सुन्दर दृश्य हेर्न सकिन्छ ।



(4) पोजेडन अंडरवाटर, फिजी (The Poseidon Underwater Resort, Fiji)
प्राकृतिक सुन्दरताको कारण फिजीको यस होटलले पर्यटकहरु लाई विशेष रूपले आकर्षित गर्दछ । यस पोजेडन अंडरवाटर रिसोट पर्यटकको मुख्य रोजाईमा पर्ने गर्दछ । यो होटलको पाँच हजार एकड़को क्षेत्रमा पानीले घेरिएको छ । यस होटल महंगो होटलमा पर्दछ । एक रात बस्नको लागि १५ हजार डलर भन्दा बढिरहेको छ ।




(5) मान्टा रिसोट (The Manta Resort, Pemba Island, Zanzibar)

मान्टा रिसोट अफ्रीकाको समुद्रको १३ फुट पानीको भित्र रहेको छ । यस होटलको कोठाहरु साना-साना रहेपनि सम्पूर्ण रुपमा सुबिधासम्पन्न रहेका छन ।यस होटलमा एक रात बस्नको लागि १ हजार डलर भन्दा बढि लाग्ने गर्दछ ।
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment