Sponsor

मेन्सेविकहरूको अक्टुबर क्रान्ति


रुसी सामाजिक-जनवादको अवसरवादी धारा, अन्तर्राष्ट्रिय अवसरवालको एक शाखा। सन् १९०३मा सम्पन्न भएको रसियाली सामाजिक-जनवादी मजदुर पार्टीको दोस्रो महाधिवेशनमा गठित। पार्टी केन्द्रीय अंगहरूको निर्वाचनमा लेनिनवादीहरूले बहुमत पाए र बोल्सेविक भनिन थालिए, अवसरवादीहरू चाहिँ अल्पमतमा परे र मेन्सेभिक भनिन थालिए।
मेन्सेविकहरूको नेताहरू, १९१७ मे,स्टोकहोल्मस्वीडेनमा

 मेन्सेविकहरू पार्टीको, क्रान्तिकारी कार्यक्रमको, क्रान्तिमा सर्वहाराको नेतृत्वदायीमा भूमिका, मजदुरवर्ग र किसानहरूबीचको एकताको विरोध गर्थे र उदारवादी बुर्जुवावर्गसँग सम्झौता गर्न चाहन्थे। सन् १९०५-१९०७को क्रान्तिको पराजयपछि मेन्सेविकहरूले सर्वहारावर्गको भूमिगत क्रान्तिकारी पार्टी विघटन गराउने प्रयास गरे। जनवरी १९१२मा छैंठौं अखिल रसियाली पार्टी सम्मेलनले मेन्सेविक विघटनवादीहरूलाई रसियाली सामाजिक-जनवादी मजदुर पार्टीबाट निष्कासित गर्‍यो। सन् १९१७मा मेन्सेविक प्रतिनिधिहरू अस्थायी बुर्जुवा सरकारमा सम्मिलित थिए, अक्टुबर समाजवादी क्रान्तिको विजयपछि, मेन्सेविकहरूले अन्य प्रतिक्रान्तिकारी पार्टीहरूसँग मिलेर सोभियत सत्ता विरुद्ध संघर्ष गरे।
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment