दुल्लु दरबारको भग्नावशेष |
आफ्नो कबुल अनुसार उत्तिम शाहीले गोर्खाली सेनाहरूसँग लागेर नेपाल एकिकरणको पश्चिम विजय अभियानमा कोठागढीको युद्वमा वीरगति प्राप्त गरे । युवा राजा उत्तिम शाहीकी रानी गर्भवती रहेकी र उत्तिम शाही निसन्तान नै परलोक भएकाले गीर्वाणयुद्ध विक्रम शाहबाट रानीको मासिक खान्गीको व्यवस्था गरियो । केही समय पछि उत्तिम शाहीको रानीबाट छोरा रुद्र शाह जन्म भएर उमेर पुगेपछि उनका बाबु उत्तिम शाहीले नेपाल सरकारलाई लगाएको गुन सम्झेर रुद्र शाहीलाई दुल्लुको राजा बनाइयो। यिनले दुल्लुका जनताको मुद्दामामिला हेर्ने र राजस्व सङ्कलन गर्नेसमेत अधिकार पाए ।
नेपाल एकिकरणपछि दुल्लुमा रुद्र शाह, श्रीभक्त शाह, भक्त बहादुर शाह, पृथ्वीनारायण शाह र जङ्गबगादुर शाह क्रमैसँग दुल्लुका राजा भए । विक्रम सम्वत २०१८ सम्म यो व्यवस्था कायम रह्यो । त्यसपछि भने नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरेर आधुनिक नेपालको ढाँचा बने पछि दैलेख जिल्लाको आकार पनि खुम्चियो। दैलेख बजारलाई दैलेख जिल्लाको सदरमुकाम कायम गरिएपछि दुल्लु दुल्लुमा रहेका अड्डा अदालतहरू दैलेख बजारमा सारिए ।
दुल्लु दरबार प्राङगणमा रहेको बाघढुङ्गा |
दुल्लु दरबार दिन प्रतिदिन उजाड हुँदै गयो। दुल्लु दरबारमा बस्ने परिवार पनि दुल्लु छोडेर सुर्खेत, नेपालगञ्ज र काठमाडौँ बस्न थाले। अन्ततः विक्रम सम्वत २०५९ बैशाख ८ गतेका राती माओवादीहरूले जनयुद्धको नाममा यो दरबारमा बम बिस्फोट गराए । हाल सम्म यो दरबारको जिर्णोद्धार हुन सकेको छैन ।
0 comments:
Post a Comment