चीनमा पत्याउनै नसकिने पहाडमा समेत गाडी गुडाइएको छ । त्यस्तै चर्चित पहाडको सुरुङ मार्ग हो गुओलियाङ टनेल । यो दुनियाँको सबैभन्दा खतरनाक टनेल मध्ये एक हो ।
आज भन्दा ४० वर्ष अघि यहाँको जीवन निक्कै कठिन थियो । यहाँको यात्रा अनुमान गर्न नसकिने स्तरमा कठिन थियो । यो टनेलको निर्माण सन् १९७२ मा भएको थियो । चालीस वर्ष अघि यहाँ पैदल हिँड्ने कल्पना समेत गर्न सकिन्नथ्यो ।
अहिले यो टनेलले हुइक्सियान, झिनझियाङ, हेनान प्रान्तका गाउँलाई जोड्छ । यो टनेल बन्नु अघि पैदल हिँड्नेले पनि ७२० वटा पहाड पार गर्नु पर्थ्यो । सिँडी बनाएर बनाइएको बाटो निक्कै खतरनाक थियो । यही कष्टलाई पार गर्न गाउँका मानिसहरुले पहाडमा सुरुङ मार्ग खन्ने निर्णय गरे ।
त्यतिबेलाका गाउँका मुखिया शेन मिङजिङले आफ्ना बाख्रा र अन्य चौपाया बेचेर हथौडा र कोदाला किनेका थिए । १३ जनाले शुरु गरेको यो अभियान अन्तर्गत १२०० मिटर लामो टनेल खन्न ५ वर्ष लाग्यो । यो टनेल ५ मिटर अग्लो र ४ मिटर चौडा थियो । यसको निर्माणमा १२ टनको ड्रिल रड र ४००० हथौडा प्रयोग भएका थिए ।
१ मे १९७७ मा यो टनेलको उद्घाटन गरिएको थियो। यो टनेलमा ३० फरक फरक प्रकारका झ्याल समेत छन् । यो अहिले चीनमा पर्यटकीय केन्द्र बनेको छ । यो दुनियाँका सबैभन्दा उचाइमा रहेका सडक मार्गमा समेत पर्छ ।
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment