इस्लामिक अतिवाद समूह आईएसले हालसालै उत्तरी इराकको मोसूल शहरको संग्रहालयमा रहेका करिब दुई हजार बर्ष पुराना अमूल्य कलाकृतिमाथी घन चलाएर नष्ट गरे । अहिलेको ‘सभ्य’ युगमा पुरातत्वमाथी गरिएको सम्भवतः सबैभन्दा घातक हमलाको उदाहरण हो बामियान र मोसूल । जीतको उन्मादमा पुरातत्व नष्ट गर्ने काम विगतमा धेरै भए । नेपालमा पनि भए । नेपाल अहिले पनि पुरातत्व नष्ट गरिरहेछ । धार्मिक अतिवादले उत्प्रेरित भएरचाहि हैन । वर्तमानको गर्जो टार्न । कतै बाटो बिस्तार गर्न । कतै सुविधासम्पन्न अस्पताल बनाउन । आफ्नै पिता पुर्खाको सम्पत्ती चिन्न नसकेका सन्ततीले पनि ऐतिहासिक सम्पति भत्काएर जग्गा बेच्ने, प्लटिङ गर्ने र व्यवसायिक कम्प्लेक्स बनाउने जस्ता काम गरेका छन् ।
सन्तानले पुर्खाको नासोको इज्जत गर्न नसक्दा पनि पुरातत्वको ध्वंस भएको छ । उदहारण देशैभर छन् । कलैया नगरपालिकाको बरेवा दरबारलाई यसको प्रतिनिधि घटना मान्न सकिन्छ । पारिवारिक भागबण्डाको शिकार भयो त्यो भव्य दरबार । दुई बर्षअघि पत्रकार एकल सिलवाल र म त्यो भव्य सम्पदा नाश गरिएको दृश्यको लाचार साक्षी बन्न कलैया नगरपालिकाछेउको बरेवामा पुगेथ्यौ ।
१९४२ सालमा धीरशम्शेरका छोराहरुले रणोद्दिप सिंह र जंगबहादुरका छोराहरुको हत्या गरी शासन हत्याउदा जंगबहादुरकी छोरी दीपकुमारीले उनीहरुलाई सत्ता पल्टाउन साथ दिएकी थिईन् । ‘बागकी कान्छी मैया’ नामले चिनिने तिनै दीपकुमारीलाई शम्शेर खलकले एकाध बर्षपछि बागदरबारबाट दाङ धपाए । त्यहाँबाट पनि धपाइएर उनी बरेवा पुगिन् र भव्य दरबार बनाउन लगाईन् । उनका श्रीमान राजा सुरेन्द्रबिक्रम शाहका माइला भाई उपेन्द्रका खलकका भूपेन्द्र शाह भएको बरेवा दरबारमा खेलेर हुर्केका कलैयानिवासी उद्धव भट्टराई (६२) ले बताएका थिए । तोपकुमारीले शुरु गरेको यो दरबार उनका नाती रामराजा मोहन प्रताप शाहले पुरा गरेका थिए ।
उद्धवका अनुसार दरबार ५३ बिघा जमिनमा फैलिएको थियो । डिजाइन फ्रान्स र बेलायतका वास्तुकारले गरेका थिए । नेपालीबाहेक भारतीय र बेलायती कालिगढ निर्माणमा संलग्न थिए । सजावटका धेरै सामाग्री चन्द्रशम्शेरले उपहारस्वरुप दिएका थिए । १९९० सालको भुइचालोमा दरबारको अग्रभाग भत्कियो । पुस्तकालय पुरै ध्वस्त भयो । ऐतिहासिक दस्तावेज, भोजपत्र, ताम्रपत्र र पेन्टिङहरु जमिनभित्र पुरिए । भत्किएपछि दरबारको पुर्ननिर्माण गरिएन । रामराजा राज्य पाएर पश्चिम चम्पारन, बिहार (रामनगर) गए । उनका उत्तराधिकारीले धेरै मूल्यवान सामान कौडीको भाउमा बेचे । अहिले दरबार वरिपरिको सबै जमिन प्लटिङ गरेर बिक्री भइरहेको छ । प्लटिङ गर्दा दरबार १५—२० टुक्रामा बिभक्त भएको सो दरबार बच्न सकेन ।
बरेवा दरबार बचाउन स्थानीयले पटकपटक पहल गरेका हुन् । पञ्चायत भित्र्याएसंगै राजा महेन्द्र जिल्ला दौडाहामा थिए । त्यही मेसोमा उनको हेलिकोप्टर दरबार परिसरमा उत्रियो । सरकारले दरबार लिइदियोस र संरक्षण गरोस भन्ने स्थानीयको माग थियो । राजाले चाख लिए । मुन्टो हल्लाए । अनि तेस्सै छोडिदिए । दरबार बचाउने अन्तिम पहलस्वरुप त्यसलाई कलैयाको सिंगो प्रशासनिक एकाइ बनाउने प्रस्ताव स्थानीयले ल्याएका हुन् । काठमाडौंको सिंहदरबारजस्तै बन्नुपर्ने त्यो दरबार पारिवारिक भागवण्डाको शिकार भयो । परिवार मिलेर चिनो कोपरेर खाएका यस्ता उदाहरण देशैभर छन् । बरेवा अब्बल अभागी भवनहरुको एउटा प्रतिनिधि उदाहरणमात्रै ।
स्रोत:- शब्दचित्र डटकम (A Nepali Blog by Milan Bagale)
दुई बर्षअघि कलैयाको बरेवा दरबार । अहिले दरबार भत्काईसकिएको छ ।
(Photo: Milan Bagale)
|

0 comments:
Post a Comment