Sponsor

वर्तमान नेपाल कसरी बन्यो र विशाल नेपाल कसरी सफल हुन्छ ?????

किरातीहरुको शासनकाल कमजोड भएपछि नेपाल ५३ भागमा बिभाजित भयो यसरी बिभाजित भएको नेपाललाई गोरखाका राजा पृथिबीनारा़ण शाहाको साहस र गोर्खेली सेनाको अटले एकिकरण गर्न तम्सिए र वि.स. १७९९ बाट वि.स १८६३ सम्म सेना पति अमर सिह थापा सम्म आई पुग्दा नेपालको सिमाना पुर्वमा टिस्टा देखी पस्श्चिममा सतलज सम्म एकिकृत भएर बिशाल नेपालको रचना भयो। तर 1 Nov 1814 का दिन ईस्ट ईन्डिया कम्पनिको तर्फ बाट जनरल हिस्टिगंस्ले नेपाल बिरुद्द बिधिवत युद्धको धोषणा गरे । ५ ठाउ बाट अग्रेजले नेपालमा आक्रमण गर्यो । जस्मा नेपालले ३ ठाउमा विजय हात पार्यो भने २ ठाउमा कपट पुर्ण हारको शिकार बन्यो ।

यसरी पराजयको शिकार बनेको नेपाल माथी अग्रेजले असमान र अन्याय पुर्ण सुगौली सन्धी गर्न मजबुर पारीयो
तर नेपाल त्यस्तो असमान संधि गर्न राजि नभए पछि अग्रेजले जितेका तराईको केही भू- भाग फिर्ता गर्यो र सन् 1815 Dec 2 का दिन नेपालको तर्फ बाट चन्द्र शेखर उपाध्याए र गजराज मिश्र र ईस्ट ईन्डीया कम्पनि तर्फ बाट लेफ्टेनेन्ट कर्नेल ब्राडशाहा बिच सुगैलीमा सुगैली संधिमा हस्ताक्षर भयो र नेपालले एक तिहाई भू-भाग ईस्ट ईन्डीया कम्पनिलाई सुम्पनु पर्यो ।
सन् 1857 मा भारतमा ईस्ट ईन्डीया कम्पनि सरकारको बिरुद्दमा चलेको सिपाही बिद्रोहमा जंगबहादुरले सेना सहित ठुलो सहयोग गरे त्यस बाट खुसी भएर ईस्ट ईन्डीया कम्पनि सरकारले 1860 Nov मा सुगैली संधि अनुसार नेपाल ले गुमाएको भू-भाग मध्ये बाँके, बर्दिया,कैलाली र कंचनपुर फिर्ता दियो ।

यसरी सुगौली संधि पछि २ पटक नेपालको भू-भाग फिर्ता भएपछि बर्तमान को नेपाल बन्यो सन् 1947 मा बेलायत (ईस्ट ईन्डीया कम्पनि) द्वारा भारत स्वतन्र भयो र अगस्ट १४ र १५ तारिखमा पाकिस्तान र भारतको स्थापना भयो । छिमेकी मुलुकको नाताले भारत संग नेपालको सन् १९५० मा नया संधि भयो । सन् १९५० मा भारत संग भएको संधिले बेलायत (ईस्ट ईन्डीया कम्पनि ) संग भएको सबै सन्धि हरु रद्द गर्यो अर्थात सुगौली सन्धि पनि रद्द भयो ।


त्यसै समय सन् १९५० को नेपाल–ब्रिटेन (ईस्ट ईन्डीया कम्पनि ) सन्धिबाट पनि सुगौली सन्धि रद्ध गरिएको छ !
यसर्थ सुगैली सन्धि बाट गुमेको पश्चिमको कुमाउ र गढवाल अनि पूर्वमा दार्जिलिंग र सिक्किम स्वत नेपालको हुन आउछ ।
तर बास्तबिकतामा यस्तो भएको छैन । भारतको संविधानमा पनि ति भू-भागहरु भारतको हो भनेर उल्लेख गरियको छैन ।
यसै मुद्दामा भारतको सुप्रिम कोर्टले पनि सम्बैधानिक रुपले गलत ठह्रायर मुद्दा खारेज गर्न सकेन र सबैधानिक रुपमा नुरुपण गर्दा ति भू-भाग फिर्ता गर्नु पर्ने स्थिती आए पछि राजनैतिक मुद्दाको करार दएर राजनैतिक रुपमा समाधान खोज्न भन्यो ।
तर भारतको दब दबा रहेको नेपालको राजनितिमा कुनै नेताले यो बिषयमा कुरा उठाउने साहस भएन र यस्तो फैसलाले भारत लाई फाईदा पुग्यो र नेपाली लाई घाटा!!

हाम्रो ईतिहास केवल विरता र गौरवको मात्र होईन थुप्रै पराजय, असफल र भोग्नु परेको अन्याय को पनि हो।
नया सोच र द्रिष्टीले जब ईतिहास खोतल्न सुरु हुन्छ तब ईतिहासले नयाँ र युगान्तकारी र प्रगतिशील आधार हरु प्रदान गर्दै जान्छ ।
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment