Sponsor

यस्तो बन्दैछ दुनियाकै सबैभन्दा ठूलो दूरवीन


खगोलीय अध्ययनका लागि अहिले विश्वमा निकै शक्तिशाली दूरवीनको विकाश भैरहेको छ । पृथ्वीबाट समग्र ब्रम्हाण्डको सुक्ष्म अध्ययन गर्न सकिने उच्च क्षमतायुक्त दूरवीन प्रयोगमा अमेरिकी अन्तरीक्ष संस्था नासा सबैभन्दा अगाडि छ । तर, अब नयाँ ग्रहका साथै अन्य ग्रहका प्राणी अर्थात् एलियनको खोजीलाई सहज बनाउनका लागि चीनले दुनियाँकै ठूलो रेडियो दूरवीन बनाएको छ ।

चीनले बनाएको यो दूरवीन यति ठूलो छ कि यसको जम्माजम्मी आकार ३० वटा फुटबल मैदानको क्षेत्रफल बराबर छ । गुइझोउ प्रान्तमा यो दूरवीनको निर्माण कार्य लगभग अन्तिम चरणमा पुगेको बताइएको छ ।



मार्च २०११ मा यो दूरवीनको निर्माण कार्य सुरु भएको थियो र यो वर्षभरिमा यसको निर्माण कार्य पूरा भएर प्रयोगमा आउने अपेक्षा गरिएको छ । स्मरण रहोस् नासाको दूरवीनले पृथ्वीभन्दा १४ सय प्रकाश वर्ष टाढा ब्रम्हाण्डमा रहेका पृथ्वीजस्ता ग्रहहरु पत्ता लगाएको थियो ।

चीनको यो दूरवीन नासासँग अहिले भएका दूरवीन भन्दा पनि अझै शक्तिशाली हुने र त्यसले खगोलीय खोजमा ऐतिहासिक उपलब्धी हात पर्ने विश्वास गरिएको छ ।

हेरौँ दुनियाकै ठूलो दूरवीनका केही निर्माणाधीन दृश्यहरु –





Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment