Sponsor

रानीमहल

रानीमहल वि. सं १९५०मा शिलान्यास भई चार वर्षमा दरबार मन्दिर पाटीपौवासहितको निर्माण कार्य पूरा भएको बौघागुम्बा गाविस- २ मा अवस्थित रानीमहल दरबार नेपालकै ताजमहलका रूपमा कालीगण्डकी

रानीमहल
नदीको उत्तरतर्फ हानिने मोडमा विशाल चट्टानमाथि पश्चिमी कलाशैलीमा रहेको रानीमहल दरबारको बायाँतर्फ शीत्तलपाटी दरबार परिसरमा फोहराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुईवटा पोखरी दाहिनेतर्फ पहरा दिने स्थल छ भने खुड्किलोको बायाँतर्फ एउटै किसिमको शिव र गङ्गाका दुई मन्दिर छन् ।
यो महल युयानीशैलीमा बेलायती इन्जिनियरको डिजाइनमा बनाइएको हो। यस महलको पूर्व तिर खड्ग शमशेरको पूजा गर्ने कोठा, माथिल्लो तलामा बैठक कोठा र मध्य तलामा खड्ग शमशेरका कोठाहरू रहेका छन्। त्यस्तै वरिपरि रहेको बगैंचा र रानी पोखरीले महल आकर्षक देखाएको छ।
दरबारको मूलढोकाबाट कुँदिएको ढुङ्गा र इँट्टाबाट बनाइएका खुड्किलो तल सिधा कालीगण्डकी नदी कुण्डमा जोडिएको छ । प्रसिद्ध मुक्तिनाथ तिर्थ जाने मुख्यद्वार भएकाले तिर्थालुहरूलाई बस्ने सुविधासहितका पौवासमेत निर्माण गरिएको थियो । आफ्नी दिवङ्गत रानी तेजकुमारीको सम्झनामा दरबारको निर्माण गरिए तापनि पाँच वर्षसम्म मात्र राज गर्न पाएको जानकारहरूको भनाइ छ ।

जनरल खड्ग शमशेर आफ्नी अति प्यारी रानी तेजकुमारीको सम्झनामा इस १८९३मा एकातर्फ बुर्जाको जग काली गण्डकी नदीमा नै गरहेको महल भित्र पानी पोखरी मन्दिर बगैंचा आदि रहेको अत्यन्त मनमोहक ५६ फिट चौडाई ११२ फिट अग्ल्याई भएको चारतले भवन र त्यसको वरिपरिको वातावरणले सबैको मनमा साँच्चिकै आनन्द दिन्छ । पाल्पाको सदरमुकाम तानसेनबाट उत्तरपश्चिम २।३० घण्टा पैदल यात्राबाट पुग्न सकिने रानीमहलको हाल पर्यटकीय सन्दर्भमा अत्यन्त महत्व राखेको छ ।

विसं १९६०मा खड्ग शमशेरले श्री ३को पदसहित शासनसत्ताको बागडोर आफूले सञ्चालन गर्न खोज्यो भन्ने षड्यन्त्रको छनक पाएपछि चन्द्र शमशेरले पाल्पामा थप सेना पठाइ तैनाथी आफनो हातमा लिएका थिए ।

त्यो मायाको चिनो, रानीमहल

खड्गशमशेरले आफूमाथि थप खतरा उत्पन्न हुने त्रासमा दरबारमा रहेका सबै बहुमुल्य बस्तु छाडेर तीन साँचो र सरकारी ढुकुटी लिई भारत पलाएन भएपछि प्रेमको प्रतिक ठानिने रानीमहल बेवारिसे बन्न पुगेको स्थानिय वासिन्दाहरू बताउँछन् । दिवङ्गत रानीको सम्झनामा बनाइएकोले रानीमहल दरबारलाई 'प्रेमको प्रतिक' का रूपमा लिइने गरिन्छ ।
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment