Sponsor

स्वर्गको यात्रा-खप्तड

धर्तिको स्वर्ग भनेर चिनिने खप्तडमा सायद कमै नेपालीले पाईला राखेका होलान् । भनिन्छ यदि धर्तिमा स्वर्ग कतै छ भने त्यो खप्तड नै हो । खप्तडको महत्वलाई बुझेरै होला खप्तड स्वामी ध्यान गर्न पुण्य भूमि खप्तड नै पुगे । राजधानीबाट टाढा छ खप्तड । तर सबैको सपनामा पनि छ । कसैलाई सुदूरपश्चिमको सुन्दरताको कुरा गर्यो भने सुन्ने गर्छु एक पटक खप्तड चाहिँ जान्छु । सबैको कल्पना र सपनाको ठाउँ भएको छ खप्तड ।

काठमाण्डौंको कुनै एक ब्यस्त ब्यक्ति खप्तड पुग्यो भने खप्तडबाट फर्कन सायदै मन गर्ला । कहाँको ब्यस्त, तनावपूर्ण, प्रदुशित र गन्हाउने काठमाण्डौं कहाँको सुन्दर, शान्त र पुण्य भूमि खप्तड ।
सुदूरपश्चिमका ९ वटा जिल्ला मध्ये बझागं, बाजुरा, डोटी र अछामको सिमानामा पर्दछ खप्तड । चारवटै जिल्लाबाट खप्तडमा पाईला राख्न सकिन्छ । चलन चल्तीको बाटो डोटीको झिग्रानाबाट हो भने सजिलो बाटो बझागंको तमैल बाट हो ।

काठमाण्डौबाट धनगढी, डडेलधुरा हुँदै जान सकिन्छ खप्तड । सुदूरपश्चिमले नेपालको मानचित्रमा पृथक अस्तित्व बोकेको छ । त्यहाँको जिवनशैली, भेष भुषा र कला संस्कृति पूर्बि नेपाल भन्दा धेरै फरक छ । सुदूरपश्चिम आफनै शैली र पहिचानमा रमाईरहेको छ । जेठको महिनामा खप्तडमा बृहत मेला लाग्दछ । सुदूरपश्चिम, पूर्बि नेपाल र भारत देखि तिर्थ पर्यटकहरु त्यहाँ पुग्दछन् । करिब १०/१५ हजार मान्छेको भेला र मेलामा त्यस भू भागको सांस्कृतिक बिविधता ।

चारैतिर लमतन्न फैलिएका ठूला ठूला हरिया फाँटहरु, पश्चिमतर्फ हासिरहेका अपि सैपाल हिम श्रृखंला रअनेकौ प्रजातीका फूलहरुले खप्तडलाई दुलही झै सिंगारेको हुन्छ । त्यही भूमिमाथि गुञ्जने सुदूरपश्चिमका डेउडा र अन्य संस्कृतिले सुनमा सुगन्ध थपि रहेका हुन्छन् ।आउदो जेठ १४ गते खप्तडमा अन्य बर्ष झै यो बर्ष पनि बृहत मेला लाग्दै छ । हजारौ तिर्थ यात्रिहरु त्यहाँ हुनेछन् । होटेलहरुको सुबिधा नभएको खप्तडमा २/३ दिनका लागि खाने बस्ने ब्यवस्था आफै गर्नु पर्ने हुन्छ ।

खप्तड ग्रास ल्याण्ड

खप्तड दह

हिउँदोमा त्रिबेनी

स्वर्गीय राजा बिरेन्द्र र स्वर्गीय खप्तड स्वामी खप्तडमा

खप्तडबाट देखिने अपि सैपाल हिम श्रृंखला ।

खप्तड बाबा बस्ने गरेको आश्रम



खप्तड ग्रास ल्याण्ड



Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment