यसको सबैभन्दा ज्वलन्त उदाहरण हो, भीमसेन थापाको सन् १८०५ मा बनेको दरबार। |
रसियाका बोरसि लिसानोविच र उनकी श्रीमती इंंगर लिसानोविच २००७ सालमा राजा त्रिभुवनको निमन्त्रणामा नेपाल आउँदा उनीहरूले देखेको काठमाडौँ अहिलेको जस्तो थिएन। लिसानोविच दम्पती तिनै हुन्, जसले नेपालमा पर्यटन व्यवसायको बाटो खोलेका थिए। इंगरकै भनाइमा, त्यतिबेला काठमाडौँ उपत्यका पृथ्वीको स्वर्गजस्तो थियो, जहाँ सिमेन्टका भवनहरूसम्म थिएनन्। सम्पदाको जिउँदो संग्रहालयका रूपमा काठमाडौँलाई देखेकी इंगरलाई अहिलेको यसको स्वरूप देख्दा विरक्त लाग्छ। तर, आमनेपालीलाई यस्तो विषयले छुँदैन। छुने भएको भए, सयौँ वर्षको इतिहास बोकेका दरबार, मन्दिरलगायतका अमूल्य सम्पदालाई निमेषभरमै भताभुंग पारेर राजधानी उपत्यकाबासीले कंक्रिटको जंगल ठड्याउने थिएनन्।
सम्पदा संरक्षणमा हामी कति दरदि्र छौँ भन्ने उदाहरण खोज्न काठमाडौँमा धेरै ठाउँ भौँतारनिु पर्दैन। पाइलैपिच्छे यस्ता बग्रेल्ती उदाहरण भेटिन्छन्, जसलाई हामीले थाहा पाएर वा थाहा पाउने चेष्टा नगरेरै इतिहास मेट्ने दुस्साहस गरेका छौँ। यसको सबैभन्दा ज्वलन्त उदाहरण हो, भीमसेन थापाको सन् १८०५ मा बनेको दरबार। कतिपयले दरबारभित्र ठूलो बगैँचा रहेका कारण त्यसलाई 'बागदरबार' नामले चिन्छन् भने कतिपयले भीमसेन थापाले दरबारको मूलद्वारमा बाघ पालेको हुनाले 'बाघदरबार' पनि भन्छन्। नामले जेसुकै उच्चारण गरयिोस् तर यो नै नेपालको पहिलो दरबार हो, जसको संरचनामा पाश्चात्य शैलीको प्रभ्ााव छ। त्यतिबेला भीमसेन थापाले फ्रान्सका सैनिक अफिसर बोलाएर नेपाली सेनालाई तालिम दिएका थिए। फ्रान्सेली सैनिकसँगको उनको बसउठले गर्दा नेपाली सेनामा पनि पाश्चात्य शैलीको प्रभाव पर्न गयो।
बागदरबार क्षेत्रमा मात्रै अहिले सयौँका संख्यामा घरहरू छन्। ती सबैले आफ्नो ठेगानामा बागदरबार नै लेख्छन्। तर, तिनीहरूमध्ये कतिलाई थाहा होला, यस ठाउँको इतिहास ? भीमसेन थापालाई राष्ट्रभक्त मान्नेहरू पनि उनको पालामा निर्मित वास्तुकलाका धरोहरको संरक्षण गर्न अगाडि सरेनन्। ००७ सालमा सरकारले हर िभवनलाई राष्ट्रियकरण गर्यो। तर, विशाल क्षेत्रमा फैलिएको दरबारको जग्गा कसरी व्यक्तिका नाममा गयो ? कसरी अन्धाधुन्ध घरहरू बने र कसरी सयौँ वर्षको इतिहास बोकेको सम्पदा क्षेत्र कंक्रिटको जंगलमा परण्िात भयो ? यसको उत्तर कसैसँग छैन। गजब छ, सम्पदा क्षेत्रमा अतिक्रमण गरेर तिनलाई यतिका घर बनाउने अधिकार कसले र कसरी दियो होला ? धन्य छन्, इतिहासका साक्षी प्रमाणहरूलाई संरक्षण गरेर राख्नुपर्छ भन्ने चेतना नभएका हाम्रा शासक र प्रशासकहरू।
उपत्यकाभित्र रहेका सातवटा विश्वसम्पदा सूचीमा परेका क्षेत्रभित्र अहिले पनि छ सयभन्दा बढी गैरकानुनी घरहरू छन्। ती घरका मालिकहरू नवधनाढ्य वर्गका हुन्, जसलाई सयौँ वर्ष पुराना सम्पदालाई कुरूप तुल्याएकामा रत्तिभर पश्चात्ताप छैन। यस्तै रवैयाका कारण ६० वर्ष पहिलेको काठमाडौँ उपत्यकाको झन्डै ९५ प्रतिशत सम्पदा मासिइसकेको छ। बाँकी रहेको पाँच प्रतिशत सम्पदा पनि संरक्षणको अभावमा विलिन हुँदैछ।
0 comments:
Post a Comment