Sponsor

बेलकोट गढी

बेलकोट गढी नुवाकोट जिल्ला
बेलकोट गढी नुवाकोट जिल्लाको बेलकोट गाविसमा अवस्थित ऐतिहासिक महत्वको स्थान हो । पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियानको शुरुवातमा नुवाकोट आक्रमणका लागि बेल्कोट गढी निर्माण गरेका थिए । समुन्द्र सतहबाट करिब दुईहजार दुईसय मिटरको उचाईमा निर्मित बेल्कोट गढीलाई रणनीतिक एवं सामरीक दृष्टिकोणबाट समेत महत्वपूर्ण मानिन्छ ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा बेल्कोट र नुवाकोट आक्रमण गर्नका लागि बेलकोट , जिलिङ , कुमारी र दुईपिपल गाउँ बिकास समितिको सँगमस्थल चिम्टेश्वर महादेवस्थानसँगै गढी निर्माण गरेका थिए । यस गढीलाई एकीकरण अभियानमा निर्मित पहिलो गढीका रूपमा इतिहासमा उल्लेख गरिएको पाइन्छ । अग्लो डाडामा सैनिकहरू लुक्न बनाईएको सुरुङका अवशेषहरूले अझैपनि एकीकरण अभियानको स्मरण गराउँछ । पृथ्वीनारायण शाहले गढी निर्माण पछि चिम्टेश्वर महादेवको आराधना गरेपछि नुवाकोट विजय गरेको जनश्रुति समेत पाईन्छ । बेल्कोटगढीबाटलाङटाङ , गणेश, जुगल र मानापाथी हिमाल तथा तिब्बत को केरुङ, काठमाडौं,मकवानपुर जिल्ला, गोरखा सम्मको दृश्यावलोकन गर्न सकिने भएका कारण यसलाई पर्यटकीय स्थलका रूपमा समेत बिकसित गर्न सकिने सम्भावना रहेको छ ।
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment