उनलाई त्यतीबेला लाग्थ्यो- सिक्दै जाउँ कहाँसम्म पुगिन्छ भन्ने उनको सोचसंगै उनले पाएका अवसरहरु सबै समात्दै जाँदा आज यहाँसम्म आइ पुगेको उनी सुनाउँछन् । उनले बताए अनुसार भन्ने हो भने सिक्ने क्रममा नै अहिले अष्ट्रेलियादेखि डेनमार्क आएर उनी कोपनहेगनमा रहेको संसारको तेस्रो उत्कृष्ट रेस्टुरेन्ट नोमामा काम गरिरहेका छन् ।
त्यहाँ पनि उनी सिक्दै छन् र धेरै सिकाइ पछि उनी अष्ट्रेलिया नै फर्कने छन् । नोमा रेस्टुरेन्ट सन् २०१०,२०११, २०१२, २०१४ मा ‘रेस्टुरेन्ट’ पत्रिकाले निकालेको सुचीमा संसारको उत्कृष्ट रेष्टुरेन्टमा परेको थियो भने यो वर्ष संसारको तेस्रो उत्कृष्ट रेस्टुरेन्टमा पर्दछ । उनी त्यहाँ काम गर्ने पहिलो नेपाली हुन् ।
नोमा त्यस्तो रेष्टुरेन्ट हो जहाँ खाना खानको लागि आठ महिना देखि एक वर्षसम्म कुर्नु पर्छ । त्यहाँ खाना खानको लागि एक वर्ष अगाडी देखि ठाउँ राखिदेउ भन्नु पर्छ । कसैले टेबल बुक गर्नु छ भने रेष्टुरेन्टले ठाउँको उपलब्धता हेरी एक वर्ष पछाडीको मिति र समय दिन सक्छ । सुन्दा अनौठो लाग्छ तर त्यहाँ यहि नै भैरहेको छ किनकी चार पटक संसारको उत्कृष्ट रेस्टुरेन्ट भए पछि त्यहाँको खाना खान मानिसहरुलाई रुचिकर लाग्नु स्वाभाविक हो ।
नोमामा काम गर्न पनि पाठकले त्यती सजिलै पाएका हैनन् । आवेदन दिंदा उनले आँफुलाई स्वीकृत गर्नेमा शंका थियो तर उनके योग्यता हेरे पश्चात धेरै समय पछि नोमा रेस्टुरेन्टले उनलाई स्वीकार गरेको थियो ।
नेपाल एकेडेमी ओफ टुरिजम एण्ड होटल मेनेजमेन्टमा एक वर्षे किचन कोर्स गरे पश्चात यीनको क्यारियर शुरु हुन्छ त्यसपछि काठमान्डूको हायात होटलमा छ महिनाको तालिमको अवसर संगै उनले त्यहाँ करिब आठ महिना काम पनि गरे त्यसपछि उनी सन् २००३ मा इन्टर कन्टिनेन्टल होटल दुबईमा काम गर्ने अवसर पाए संगै त्यतै हानीए । उक्त होटल दुबईको पहिलो पांच तारे होटल पनि हो ।
त्यहाँ काम गर्दै जाँदा दुइ वर्षपछि अमेरिकाबाट कामको लागि अफर आएपछि उनी फ्लोरिडा गए जहाँ उनी पछि उनलाई अमेरिकाको सान फ्रान्सिस्कोमा रेहको इन्टर कन्टिनेन्टल मार्क होप्किन्समा सुसेफको रुपमा काम गर्न पुगे । त्यो होटलमा रहेको लुस रेस्टुरेन्टमा सुसेफको रुपमा काम गरेपछि उनको क्यारियरले फट्को मार्न शुरु गरेको थियो । मिसेलिनी स्टार अन्तर्गतको एक तारे रहेको उक्त रेस्टुरेन्ट अमेरिकाकै उत्कृष्ट मध्यमा पर्छ । मिसेलिनी स्टार अन्तर्गत पर्ने रेष्टुरेन्टहरु संसारकै उत्कृष्टमा पर्ने गर्छन ।
मिसेलिनी स्टार उपमा दिने कार्य फ्रान्सको मिसेलिनी पत्रिकाले गर्दछ । संसारभरबाट सर्वेक्षण बाट आएका र त्यहाँ बन्ने खानाको विजहरुबाट टेस्ट गरपछि उक्त पत्रिकाले उत्कृष्ट रेस्टुरेन्टहरुको रेंक सहितको सुची प्रत्येक वर्ष निकाल्ने गर्छ । मिसेलिनी स्टार अन्तर्गतको रेस्टुरेन्टमा काम गर्नको लागि जो कोहि सेफहरु पनि लालायीत हुने गर्दछन ।
अमेरिकाको सान फ्रान्सिस्कोमा करीब दुइ वर्ष काम गरेपछि उनी सन् २०११ मा अष्ट्रेलियाको सिड्नीमा रहेको इन्टर कन्टिनेन्टल होटलमा पहिला सुसेफको रुपमा काम गरे । त्यसपस्चात सन् २०१३ मा अष्ट्रेलियाको गोल्ड कोस्टमा रहेको इन्टरकन्टिनेन्टल सनचुआरि ( InterContinental Sanctuary Cove Resort, QLD ) मा सोर महिना सुसेफको रुपमा काम गरेका र सन् २०१४ को जुलाई देखि सोहि होटलमा पदोन्नती भइ कार्यकारी सेफको रुपमा कार्य गरिरहेका छन् ।
हालको उनको कार्यथलो त्यहि हो । त्यो पोजिसनमा पुगेर काम गर्ने उनी अष्ट्रेलियामा पहिलो नेपाली हुन् । उक्त रिसोर्ट अष्ट्रेलियाको पहिलो रिसोर्ट होटलमा पर्दछ र सो होटल ( आइ एच जी ) ब्राण्ड अन्तर्गतको ग्रुपमा पर्छ जुन संसारको ठुलो होटल समूह मध्यमा पर्दछ ।खाना बनाउने कुरा उनको लागि निकै रुचिकार विषय हो । खानामा नयाँपन दिनु उनको विशेषता नै हो । उनी कतै जंगलमा घुम्न निस्के भने कुन झार खान हुन्छ कुन हुँदैन भन्ने सजिलै चिन्छन । खानामा नयाँ प्रयोग गर्ने उनको रुची हो यहि कारण उने समय समयमा नयाँ खानाको ‘आविष्कार’ गरेका हुन्छन । नेपालमा धेरै खान योग्य झार रहेको बताउने यिनी नेपालको पहाडी र हिमाली भेगको कोदो, फापरको महत्व युरोप र अमेरिकामा धेरै हुने बताउँछन् ।
पृथ्वीको उच्च स्थानमा पाइने यी खानाबाट बन्ने परिकार युरोपियन र अमेरिकनहरुको लागि निकै रुचिको विषय हुने गर्दछ । नेपालमा पाइने विविध स्वादका झारहरु र विविध सागपात र पहाडका बारीका कान्लामा पाइने निगुरोको पनि उत्तिक्कै महत्व हुने उनले बताए । ती बाट बन्ने परिकार वास्तवमै स्वादकर हुने उनले बताए ।
उनको क्यारियरको दौरानमा उनका निकै रोचक अनुभव पनि छन् । अमेरिकाको सान फ्रान्सिस्कोमा काम गर्दा अमेरिकी राष्ट्रपती बाराक ओबामा उनी काम गर्ने होटलमा बसेका थिए र ओबामाको लागि उनले खाना बनाएका थिए ।
अष्ट्रेलियामा आयोजीत जी २० सम्मेलनमा उनले साउदी राजकुमारको लागि खाना बनाउनु पर्ने थियो र साउदी राजकुमारको पहिलो भ्रमण पनि थियो । निकै चुनौतीको रुपमा रहेको उक्त समय उनले एक हप्ता पुरै केवल ३-४ घण्टा मात्र सुतेर दिनको २० घण्टा खानाको रिसर्च गरेका थिए किनकी साउदी राजकुमारको लागि सोहि अनुसारको र साउदी खाना बनाउनु पर्दा उनले उनले किचनको सबै मेनु परिवर्तन गरेका थिए जसको साउदी राजकुमारले प्रशंशा गरेर उनले होटलबाट अवार्ड समेत पाएका थिए ।
फुड इञ्जिनियरिङ्गमा, मेनु परिवर्तनमा, खानको डिजाइन लगायतका कुराहरु अहिले संसारभरका उत्कृष्ट रेस्टुरेन्ट र होटलहरुको चासोको विषय हुने गर्छ । उनी यी कुराहरुमा पोख्त भएकै कारण एक पछि अर्को सफलता प्राप्त गरेका हुन् ।
भविष्यको योजना सुनाउंदै उनले भने ”भविष्यमा नेपालमै रेष्टुरेन्ट खोल्ने र नेपालका खेर गएका खानेकुराहरुको प्रयोग गरेर मौलिक रेष्टुरेन्ट चलाउने सोच बनाएका छु ” उनको भविष्यको योजनामा नेपालीहरु र विदेशी पर्यटकहरुको लागि फोकस गरेर रेष्टुरेन्ट चलाउने र खानाको अनुसन्धान गर्ने सोच बनाएका छन् ।
उनले कहिलेकहीं रेष्टुरेन्टमा विदेशी ग्राहकलाइ दिने नेपाली/नेवारी खाना ‘योमरी’
0 comments:
Post a Comment