Sponsor

यी हुन् महिलाका लागि खतरनाक मानिएका १० पर्यटकीय गन्तव्य


तेस्रो विश्वमा गरिने भ्रमण रामे अनुभव हुने भए पनि खतरा पनि त्यत्तिकै विद्यमान छ । बैलायती पत्रिका मेल अनलाइनले ‘मेल अनलाइन ट्राभल’ मार्फत सावधानीपूर्वक भ्रमण गर्नुपर्ने केही लोकप्रिय गन्तव्य सार्वजनिक गरेको छ । तर, यसका लागि सावधानी पनि त्यत्तिकै अपनाउनु आवश्यक भएको जनाएको छ । पत्रिकाले जोखिमपूर्ण तरिकाबाट भ्रमण गर्नुपर्ने १० मुलुकको सूची सार्वजनिक गरेको छ ।


१.भारत
भारतीय महिला र पर्यटकमाथि हुने गरेको सामूहिक बलातकारले भारत जोखिमपूर्ण भ्रमण भएको मुलुकको सूचीमा पहिलो स्थानमा परेको छ । भारतमा प्रत्यक २० मिनेटमा यौनजन्य हमला हुने गरेको छ ।


भारतमा २०१० देखि अहिलेसम्मको अवधिमा महिलाविरुद्ध हुने अपराध ७.१ प्रतिशतले वृद्धि भएको नेसनल क्राइम रिकर्ड ब्यरोले जनाएको छ । यो महिनाको सुरुमै उत्तर भारतमा जापानी विद्यार्थीलाई लागू औषधी खुवाएर बलात्कार गरिएको थियो । यसैबीच भारतको भ्रमण गर्नुपूर्व २ पटक सोच्न आवश्यक भउको एकमात्र मुलुक भएको एक विदेशी पर्यटकले बताएकी छन् ।
२.ब्राजिल
२००९ देखि २०१२ सम्मको अवधिमा ब्राजिलमा बलात्कारको घटना १५७ प्रतिशतले वृद्धि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २ वर्षअगाडि हात बाधिएर निःसहाय भएका केटा साथीकै अगाडि अमेरिकी पर्यटकलाई सामूहिक बलात्कार गरिएको थियो । गत वर्षको फिफा विश्वकपका लागि ब्राजिलियन अधिकारीहरुले कानुनलाई सहज बनाएका थिए । तर, लैंगिक आधारित हिंसा बलात्कार र डकैती ब्राजिलमा जाने पर्यटकका लागि समस्याको विषय भएको छ ।


३.टर्की
लन्डनबाट ४ घण्टाभन्दा कम समयमा टर्कीको इस्तानबुल पुग्न सकिन्छ । तर, त्यहाँ महिलामाथि गरिने व्यवहार त्यति राम्रो छैन । बलातकार र गएको साता २० वर्षीया विदार्थी ओजेकान आसलानके हत्याले लैंगिक आधारित हिंसा डरलाग्दो अपराधको विरुद्ध दर्जनौं विरोध कार्यक्रमको आयोजना भएको छ भने महिलाले उनीहरुविरुद्ध हुने हिंसाको विरुद्ध चेतना फैलाउन आवश्यक भएको बताएका छन् ।


४.थाइल्यान्ड
थाइल्यान्डमा प्रत्यक वर्ष लाखौं पर्यटक घुम्नका लागि जाने गरेका छन् । तर, बेलायती नागरिक डेभिड मिलर र हान्नाह विथरराइजको निर्दयतापूर्ण तरिकाबाट भएको हत्या र बलात्कारले विश्वका अन्य मुलुकमा थाइल्यान्डप्रतिको धारणामा परिवर्तन आएको छ । २०१३ मा थाई प्रहरीले सामूहिक बलात्कारको सिकार भएकी २० वर्षे स्कटिस विद्यार्थीलाई नै पक्राउ गर्ने चोतावनी दिएको थियो । उनको बलात्कारको कोही पनि साक्षी नभएकाले उनलाई यस्तो चेतावनी दिएको थियो ।



५.ईजिप्ट
विगतका वर्षहरुमा सार्म एल सिख र हर्घादामा हुने प्याकेज भ्रमण ईजिप्टको पर्यटनको प्रमुख माध्यम बन्दै आएको छ । तर, २०११ मा भएको क्रान्तिपछि इजिप्टमा अस्थिरतामा धेलियो र महिलाविरुद्ध हुने गरेको हिंसा असाधारण रुपमा बढ्यो । सडकमा खटिएका सानो संख्याको प्रहरीका कारण बेलायतको पत्रकारिताका विदार्थीमा भएको घटनालगायतले इजिप्टमा यौन आक्रमणको संख्यामा भारी मात्रामा वृद्धि भएको छ ।














६.कोलम्बिया
द्वन्द्वग्रस्त मुलुकले विगतका समस्यालाई सम्बोधन गर्ने बताएपछि पछिल्ला वर्षहरुमा कोलम्बियामा पर्यटकहरुको उपस्थिति उल्लेख्य रुपमा बाक्लिएको छ । तर, यो मुलुक विगत १० वर्षको अवधिमा कुनै संशयबिना सुरक्षित अवस्थामा रहे पनि महिलाविरुद्ध हुने यौनहिंसामा व्यापक वृद्धि भएको छ । यो अवस्था विशेष गरी विस्थापित अवस्थामा रहेका गरिब क्षेत्रका महिलामा बढी भएको छ ।


७.दक्षिण अफ्रिका
मार्चमा सञ्चालनमा आएको स्वदेशी विमान सेवा स्काइवाइजका कारण दक्षिण अफ्रिकामा पर्यटनको अवस्था मजबुत भएको छ । तर, बढ्दो लोकप्रियताका बाबजुद यो मुलेक विश्वकै खतरनाक मुलुकमा धकेलिएको छ । यो अफ्रिकी मुलुकमा बलात्कार र यौन आक्रमणको अवस्था उच्च रहँदै आएको छ । यसैगरी डकैतीको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । २०१२–१३ मा ६० हजारभन्दा बढी यौन अपराधका घटना भएका छन् ।

८.मोरक्को
बेलायतसँगको दूरी कम भएकाले लोकप्रिय पर्यटकीय गन्तव्य भएको मोरक्को महिला अधिकारको विषयमा भने कमजोर रहँदै आएको छ ।



९.मेक्सिको
उच्च पृष्ठभूमि भएका अमेरिकी सेलेब्रिटीलगायत लाखौँ अमेरिकीले भ्रमण गर्ने गरे पनि मेक्सिकोका केही भाग कानुनविहीन अवस्थामा रहन बाध्य भएका छन् । पर्यटकीय भ्रमणको दृष्टिकोणबाट उत्कृष्ट मानिएका कानकुन, प्लाया डेल कार्मेन, कोजुमेल, लस काबोस र पोर्टो भालार्तामा सुरक्षा प्रदान गर्ने मेस्सिको सरकारको प्रयासमा बाबदुद यहाँ अपराध र हिंसाका घटनाहरु बारम्बार दोहोरिने गरेका छन् ।


१०.केन्या


केन्या अद्वितीय वन्यजीवन र सफारी पार्कका कारण केन्यामा पर्यटकको संख्या बढ्दै गएको छ । तर, महिला हिंसाका कारण भने यसको ख्यातिमा कमी आएको देखिएको छ । महिला हिंसाका लागि संयुक्त राष्ट्रसंघीय विकास कोषले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सबै उमेरका महिला, शिक्षित, सामाजिक समूहका महिलाहरु केन्यामा हिंसाको सिकार हुने गेरका छन् । यसले महिला पर्यटकका लागि पनि खतराको अवस्था विद्यमान रहेको देखिएको छ ।
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment