Sponsor

अल्बर्ट आइन्स्टाइन

अल्बर्ट आइन्स्टाइन

अल्बर्ट आइन्स्टाइन एक सैद्धान्तिक भौतिकविद थिए। उनी १४ मार्च १८७९ मा जन्मे र १८ अप्रिल १९५५ मा उनको निधन भयो। उनी सबैभन्दा बढी सापेक्षताको सिद्धान्त र द्रव्यमान-ऊर्जा समीकरण E = mc२ को लागि चिनिन्छन्। उनलाई सैद्धान्तिक भौतिकी, खास गरी प्रकाश-विद्युत प्रभावको खोजको लागि १९२१ मा नोबेल पुरस्कार प्रदान गरियो।

4 वर्ष को आयु
अल्बर्ट आइन्स्टाइनको जन्म जर्मनीमा वुटेमबर्गको एक यहूदी परिवारमा भयो। उनका पिता एक इन्जीनियर र सेल्सम्यान थिए। उनका आमा पलिन आइन्स्टाइन थिइन्। हुनत आइन्स्टाइनलाई शुरू-शुरूमा बोलाईमा समस्या हुन्थ्यो, तर उनी पढाईमा अव्वल थिए। उनको मातृ-भाषा जर्मन थियो र पछि उनले इटालियन र अङ्ग्रेजी सिके।


१८८० मा उनको परिवार म्यूनिख शहरमा गए जहाँ उनको पिता र काकाले Elektrotechnische Fabrik J. Einstein & Cie नामक कम्पनी खोले। यो कम्पनी बिजुलीको उपकरण बनाउँथ्यो र यसले म्यूनिकको अक्टोबर फेस्ट मेलामा पहिलो पल्ट उज्यालोको व्यवस्था पनि गरेको थियो। उनको परिवार यहूदी धार्मिक परम्पराहरुलाई मान्दैनथ्यो, र आइन्स्टाइन क्याथोलिक विद्यालयमा पढ्न गए। आफ्नी आमाले भने पछि उनले सारङ्गी बजाउन सिक्न थाले। उनलाई यो कुरा मन पर्दैनथ्यो र पछि यसलाई छोडे, तर पछि मोजार्टको सारङ्गी सङ्गीतमा उनलाई धेरै आनन्द आउँथ्यो।
अल्बर्ट आइन्स्टाइन

आइन्स्टाइनको छोरा पाँच देखि दस वर्षको उमेरसम्म एक क्याथोलिक प्राथमिक स्कूलमा पढे। हुनत आइन्स्टाइनले बाल्यकालमा शुरुमा बोलाईमा समस्या भएपनि पछि राम्ररी बोल्न सिके। उनी प्राथमिक स्कूलमा एक अव्वल छात्र थिए। आइन्स्टाइनले रमाइलोको लागि मोडल र यान्त्रिक उपकरणहरुको निर्माण गरे र गणितमा प्रतिभा देखाउन पनि शुरू गरे| १८८९ म्याक्स तल्मूडले दस वर्षीय आइन्स्टाइनलाई विज्ञानको महत्वपूर्ण ग्रन्थहरु सिकाए। तल्मूड एक गरीब यहूदी मेडिकल छात्र थिए। यहूदी समुदायले तल्मूडलाई छ वर्षको लागि प्रत्येक शुक्रबार आइन्स्टाइनसँग भोजन गराउने व्यवस्था गरे। यस समयभरी तल्मूडसँगै आइन्स्टाइन पुरा मनले धर्मनिरपेक्ष शैक्षिक हितहरुको माध्यमबाट धेरै निर्देशित भए।

१८९३ मा अल्बर्ट आइन्स्टाइन (उमेर- १४ वर्ष)
आइन्स्टाइनले सापेक्षता को विशेष र सामान्य सिद्धान्तसहित धेरै योगदान दिए। उनको अन्य योगदानहरु मा- सापेक्ष ब्रह्माण्ड, केशिकीय गति, क्रान्तिक उपच्छाया, सांख्यिक मेकानिक्सका समस्याहरु, अणुहरुको ब्राउनियन गति, अणुहरुलाई उत्परिवर्त्तन संभाव्यता, एक अणुयुक्त ग्याँसको क्वान्टम सिद्धान्त, कम विकिरण घनत्वयुक्त प्रकाशको ऊष्मीय गुण, विकिरणको सिद्धान्त, एकीकृत क्षेत्र सिद्धान्त र भौतिकीय ज्यामितीकरण समाविष्ट छ।

आइन्स्टाइनले पचास भन्दा बढी शोध-पत्र र विज्ञान भन्दा अलग किताबहरु लेखे। १९९९ मा टाइम पत्रिकाले उनलाई शताब्दी-पुरूष घोषित गर्‍यो। एक सर्वेक्षणका अनुसार उनलाई सर्वकालीन महानतम् वैज्ञानिकमानियो। आइन्स्टाइन शब्द बुद्धिमानको पर्याय मानिन्छ।
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment