Sponsor

सिन्धुलीगढी

सिन्धुलीगढी। स्वर्णिम इतिहास बोकेर उभिएको ऐतिहासिक स्थल।
सिन्धुलीगढी प्राकृतिक सुन्दरता एवं ऐतिहासिक दृष्टिले महत्वपूर्ण स्थान हो । यो ठाउ काठमाडौंबाट करबि १ सय ५० किलोमिटर पूर्वमा रहेको छ। ४ हजार ६ सय ४८ फिट उचाइमा रहेको यो क्षेत्र प्राकृतिक रूपमा पनि सुन्दर छ । बनेपा देखी बर्दिवास सम्म बीपी राजमार्ग निर्माण तथा त्यसमा यातायात सञ्चालन हुन थालेका कारण केहीअघिसम्म दुर्गम रहेको सिन्धुलीगढी सुगम भएको छ ।
सिन्धुलीगढी

सिन्धुलीगढी नेपाल-अंग्रेज युद्धको जीवित दस्तावेज हो । त्यस क्षेत्रमा निर्माण गरएिका अप्ठ्यारा खाल्डा, शत्रुलाई आक्रमण गर्न बनाइएका आड तथा दुर्गहरू अहिले अचम्मलाग्दा देखिन्छन् । यो क्षेत्र घुम्दा त्यसबेला नेपाली योद्धाले गर्ने युद्ध रणनीतिको अनुमान लगाउन सकिन्छ । सिन्धुलीगढी दरबारलाई पुनर्निर्माण गरी थप आकर्षक बनाइएको छ । यो दरबार हेरेपछि 'सिन्धुलीगढी घुमेर हेर्दा सुन्तली माई कति न राम्रो दरबार' गीतको सम्झना आउँछ ।

सिन्धुलीगढी सिन्धुली जिल्लाको राजनैति, ऐतिहासिक तथा धार्मिक महत्व बोकेको स्थान हो । यस स्थानको अवस्थिति जिल्लामा करिव १०५ किलोमिटर तन्काईमा रहेको महाभारत पर्वतको झण्डै मध्यमागमा करीव ५९ किलोमिटरको विन्दुमा रहेको छ । 

सिन्धुलीगढी दरवार 
यो स्थान जिल्ला सदरमुकाम सिन्धुलीमाढीबाट बीपी राजमार्गको सिन्धुलीमाढी–खुर्कोट खण्डको करीव २० किलोमिटरको दुरीमा रहेकोछ । सिन्धुलीगढीले इतिहासको कालखण्डमा निकै कुख्यात घटनाको रूपमा परिचित डोयहरूको काठमाडौंं आक्रमण अर्थात विसं १३६७ देखि मात्र होइन राणाकाल तथा शाहकालीन समयसम्म राननैतिक, प्रशासनिक, सामरिक तथा ऐतिहासिक महत्व बोकेको छ ।

विक्रम सम्वत् १३६७मा सिम्रौनगढका सेनाहरूले (डोयहरू)काठमाडौंँमा ब्यापक लुटपाट गरेर बनेपा हुँदै विदेह (जनकपुर /सितामाढी ) फर्किएका थिए । कमलामाई मन्दिरमा विसं १०३४मा चढाईएको मुकुटबाट सिन्धुली अन्तर्गतको कमला नदीमा अवस्थित कमलामाई मन्दिरमा
 ऐतिहासिक युद्ध किल्ला सिन्धुलीगढी
आउने धर्मावलम्बीहरू आज भन्दा करिब १०३० वर्ष अगाडी पनि रहेको बुझिएकोले सिन्धुलीमाढी हुदै तराई क्षेत्र होस् वा दोलखा काठमाडौं होस जाने मुख्य बाटोको रूपमा सिन्धुली गढी रहेको सहजै अनुमान गर्न सकिन्छ । 

मुलकोट,खुर्कोट जस्ता कोट लागेका स्थानहरूले पनि प्राचिनकालदेखि नै यो बाटो अस्तित्वमा रहेको प्रमाणित हुन्छ ।

समयको अन्तराल सँगै जयस्थिति मल्लका नाति यक्ष मल्लले मिथिला, मोरङ्ग र मगध राज्य माथि आधिपत्य लिएपछि नियन्त्रणमा लिएका राज्यहरूका पूर्व शासकहरूले पुन कान्तिपुरमाथि आक्रमण गर्न नसकून भनेर विसं १५०० तिर यस गढीमा सैन्यसंख्या वढाई शसक्त वनाएका थिए । 



पछि मिथिला, मगध लगायत बंगालका ब्यापारिहरू दोलखा, काठमाडौंं बनेपासम्म ब्यापार गर्नको लागि आवत जावत गर्ने प्रमुख नाकाको रूपमा सिन्धुलीगढी रह्यो  |

विसं १६५७ कान्तिपुरका तत्कालीन राजा शिव सिं मल्लले मकवानपुर, सिन्धुली र मोरङमा आधिपत्य लिएपछि बंगालका शक्तिशाली शासकहरूले कान्तिपुर माथि सैन्य कार्यवाही गर्ने प्रबल सम्भावना देखेर सिन्धुलीगढीमा यी राजाले यक्षमल्लले भन्दा वढी निगरानीका साथ लडाकुहरूको ब्यवस्था गरेको थिए ।

Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment