Sponsor

जीवनमा एकपटक हेर्नैपर्ने सात झरनाहरु

निकै उचाइबाट झरेका झरनाहरु सुन्दर लाग्छ । त्यसमाथि पनि तिव्र गतिमा झरिरहेको झरनाको सुन्दरताले मन नै लोभ्याउने गर्छ । संसारमा यस्ता झरनाहरु छन् जो अत्यन्तै सुन्दर छन् । ति झरनाहरु जीवनमा एकपटक मात्र हेर्न पाएपनि निकै आनन्द मिल्छ ।

१. एन्जेल झरना
दक्षिण अमेरिकी देश भेनेजुएलामा रहेको यो झरना संसारकै सबैभन्दा अग्लो झरना हो । सन् १९३३ मा एक साहसी अमेरिकी अनुसन्धानकर्ता जेम्स एन्जेलले पत्ता लगाएका हुन् । उनकै नामबाट यसको नाम पनि एन्जेल झरना भएको हो । ९७९ मिटर उचाई भएको यो झरना विश्व सम्पदा सूचीमा समेत समावेस गरिएको छ ।



२.भिक्टोरिया झरना
दक्षिण अफ्रिकाको जांबेजी नदिमा अवस्थित छ । यसलाई मोसी–ओआ–तुन्या नामबाट चिनिन्छ, जसको अर्थ धुवादार र गर्जिने भन्ने हुन्छ । विश्व सम्पदा सूचीमा सुचिकृत रहेको यो झरनाको न धेरै उचाई छ न चौडाई नै । तर यो धेरै लामो रहेको छ । अन्तन्तै तिव्र गतिमा पानी खस्ने यो झरनाको उचाई १ सय ८ मिटर रहेको छ ।



३.नियाग्रा झरना
नियाग्रा झरना संसारकै सबैभन्दा प्रख्यात झरना मानिन्छ । यो झरना अमेरिका र क्यानडाको सिमा रहेको छ । यसको एक हिस्सा क्यानेनियन क्षेत्रमा हार्सशो झरना र अर्को हिस्सा अमेरिकी क्षेत्रमा अमेरिकन झरनाको रुपमा रहेको छ । क्यानेडियन क्षेत्रमा रहेको झरना निकै ठूलो रहेको छ । यहाँ ५३ मिटर उचाईबाट खस्छ भने अमेरिकल झरना करिव ३० मिटर उचाईबाट झर्छ ।



४.नोहकलिकाई झरना
यो झरना भारतको मेघालयमा रहेको छ । संसारकै सबैभन्दा बढि पानी पर्ने भारतको चेरापुन्जीको नजिकै रहेको यो झरना आकर्षणको केन्द्रको रुपमा रहेको छ । यो झरना ३ सय ३५ मिटर उचाईबाट झर्ने गर्छ ।



५.सदरल्याण्ड झरना
न्युजिल्याण्डको फिओरदल्याण्डमा रहेको यो झरना ५ सय ८० मिटर उचाईको छ । सन् १८८० मा डोनाल्ड सदरल्याण्डले पत्ता लगाएको यो झरना उनकै नामबाट नामाकरण गरिएको हो । तीन स्रोतबाट झर्ने यो झरना निकै अनौठो लाग्छ ।



६.गोल्डेन झरना
दक्षिण पश्चिम आइसल्याण्डमा रहेको यो झरना निकै शानादार छ । यसलाई गलफोसको नामबाट चिनिन्छ । यसको उचाई करिव ११ मिटर मात्र छ ।


७.केइटेर झरना
दक्षिण अमेरिकी देश गुयानामा रहेको यो झरना जंगलको बिचमा रहेको छ । आयातकार देखियो यो झरना २२६ मिटर उचाईको छ । यसलाई एक प्राचीन झरना मानिन्छ ।

Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment