यहाँ सर्नुको पछाडि बुबा (डा. केएस वाइवा) मा छाउँदै गएको निराशाले काम गरेको थियो। पालैसित ठूलीदिदी र आमा बितेपछि उहाँ निकै उदास–उदास हुनुभो र हामीलाई लिम्बूबस्ती लिएर आउनुभो। आमा छँदाको जस्तो बुबाको उज्यालो अनुहार त्यसयता हामीले कमै मात्रामा देख्न पायौं।
लिम्बूबस्तीमै हाम्रो किशोर वयका धेरै वर्षहरू बिते। तेर्ह वर्षजतिको उमेरमा होला– एक दिन पारिजात दिदी राति निकै रुनुभयो। उहाँ दाइने कुम समातेर घोप्टिरहनुभएको थियो।
किशोर वयमा दार्जिलिङको लिम्बूबस्तीको कर्मकोठीस्थित धारामा पारिजात (दायाँ) र सुकन्या वाइवा |
कुममा निकै दर्द भएको रहेछ, मैले तेल मालिस गरिदिएँ। त्यो रात त बित्यो तर यसपछि दिदीको दर्द नाडी हुँदै शरीरका हर जोर्नीतिर सर्न थाल्यो। उहाँलाई र्युमाटोइड आर्थराइटिस डिफरमेसन भन्ने रोगले छोपिसकेको रहेछ।
पारिजातबारे लेख्दा धेरैले यो रोगलाई प्यारालाइसिस भन्छन् तर हैन। प्राय: जसो भर्खरकी केटीहरूलाई लाग्ने र उमेरभरि दु:ख दिइराख्ने यो भिन्नै रोग हो। दिदीलाई पनि यो रोगले उमेरभरि नै सताइरह्यो।
रोगी भएर पनि होला बुबाको माया बढी दिदीतिरै हुन्थ्यो। तिनताक दार्जिलिङमा लुगा सिलाउने दर्जीहरू घरघरमै आउँथे। बढ्ने उमेरका ठानेर पो हो कि, प्राय: कपडा निकै लामा लामा सिलाइदिन्थे। एक दिन मैले बुबासित लामो घाँघरबारे कुरा गरें।
उहाँले त उल्टै दिदीको मैले र मेरो चाहिँ दिदीले लाउने पो भन्नुभो। अब म कहाँकी पुड्की, दिदी अग्ली, त्यो घाँघर लाउँदा कस्तो देखिन्थ्यें होला? तैपनि हामी यस्तै कपडा लाएर घुम्थ्यौं खुसीले। चियाबगान चर्हार्थ्यौं, घरभन्दा पर्तिर मैदानको धारामा दिदी र म मिलेर कपडा धोएको, पानी खेलेको अहिलेजस्तै लाग्छ।
यस्तैमा एक दिन पौडी खेल्न जाँदा दाइ डुबेर बित्नुभो।
खासमा एउटा सानो बच्चा बचाउन जानुभएको थियो उहाँ, फर्किनुभएन। यो घटनाबाट बुबा टोटल्ली डिप्रेस्ड हुनुभो र हामीले दार्जिलिङ छोड्यौं। काठमाडौंमा आफन्त कुमारसिंह लामा हुनुहुन्थ्यो, २००७ सालको क्रान्तिमा लडेपछि यतै बस्नुभएको।
बीपी कोइरालासँग संगत थियो उहाँको। हामीले पनि पुतली सडकमा उहाँ बस्नुभएकै घरको डेरा लियौं। भाडा थियो १३ रुपैयाँ। सन् १९५५ को कुरा हो यो, हाम्रो उमेर १६/१७ को थियो। मैले एसएलसी उतै दिएकी थिएँ, दिदीले चाहिँ काठमाडौंबाट दिनुभो।
पुतलीसडक त्यति बेला फाँटैफाँट थियो। पुरानो शैलीका एकाध तीनतले घरहरू थिए। ७० रुपैयाँमा घरै पाइन्थ्यो, तैपनि मानिसहरू महँगो भन्थे।
परिवारमा म मात्रै जागिरे थिएँ। कलेज अफ एजुकेसन, लाजिम्पाटमा जागिर गर्थें म। आएको तलबले सबै खर्च टर्नुपर्ने। यस्तै अभावबीच एक दिन मलाई प्याराटाइफाइड भयो।
औषधि किन्ने पैसासमेत भएन। कलेज अफ एजुकेसनले नै रेडियो नेपालमा चलाएको प्रौढ शिक्षा कार्यक्रममा दिदीले ‘सपूत’ शीर्षकको कथा पठाउनुभएको थियो, त्यसको पारिश्रमिक आएको थियो १३ रुपैयाँ पचास पैसा।
दिदीले त्यही पैसाबाट मलाई क्लोरोमाइसेटिन नामक औषधि किनेर ल्याइदिनुभो र म ठिक भएँ। यसपछि म फेरि जागिर गर्न थालें। दिदीले ‘शिरीषको फूल’ उपन्यास लेख्नुभएको समय भने हामी सिंहदरबार छेउको अर्कै घरमा डेरा सरेका थियौं।
म भात पकाईवरि दिदीलाई दिन्थें अनि अफिस जान्थें। जाने बेला हरेक दिन एउटा अण्डा खान नभुल्नु है भन्दै दिदीलाई सम्झाउँथें, दिउँसो दिदीलाई खाजा पकाइदिन आउने नानीले त्यो अण्डा उसिनेर खुवाउँथी।
खान लगत्तै दिदीचाहिँ लेख्न बस्नुहुन्थ्यो। अफिसबाट फर्किर्नेबित्तिकै कपडा पनि नफेरी म दिदीछेउ बस्थें, उहाँ दिनभरि लेखेको कुरा पढेर सुनाउनुहुन्थ्यो। तीस दिनमै ‘शिरीषको फूल’ तयार भयो।
यसअघि उहाँले चारवटा उपन्यास जलाइसक्नुभएको थियो। एउटा पाण्डुलिपि जलाउनुको पूर्व घटनासित म पनि जोडिएकी थिएँ। त्यति बेला यन्त्रालय भन्ने प्रकाशन संस्था थियो। दिदीले ‘संघर्ष’ नामक उपन्यासको पाण्डुलिपि दिएर मलाई प्रकाशककहाँ पठाउनुभो।
प्रकाशकले उपन्यासको नामको स्पेलिङ नै नमिलेको भन्दै फिर्ता गरिदियो। बिहान अफिस जाँदा दिदी शान्त तै हुनुहुन्थ्यो, तर फर्किंदा भने उपन्यास जलिसकेको थियो। थाहै नदिई उपन्यास जलाउनुभएछ। यसअघि ‘प्रतिफल’ नामक उपन्यास पनि जलिसकेको थियो। खासमा उहाँ लेखनमा पनि एकदमै केयरलेस हुनुहुन्थ्यो सुरुसुरुमा। वास्तै नगर्ने।
एक दिन दान खालिङले सानो चिटिक्कको नेपाली व्याकरणको किताब ल्याइदिनुभो, त्यसपछि भने दिदी व्याकरणमा अलिक सिरियस हुनुभो। ‘शिरीषको फूल’ ले मदन पुरस्कार पाएपछि त भिन्न तरंग उठिहाल्यो।

स्रोत: कान्तिपुर
0 comments:
Post a Comment