Sponsor

मृत्युसँग साक्षात्कार गरेको अनुभूत गराउने संसारका खतरनाक सडकहरु

संसारका यस्ता सडकहरुको बारेमा यहाँ चर्चा गरिएको जसलाई सुन्दा हाम्रो आङ जिरिंग गर्छ, स्वास रोकिन खोज्छ । अझ यस्तो सडकबाट मानिसहरु यात्रा गर्ने गर्दछन् भनेको सुन्दा त शरिर नै काँप्न थाल्दछ । हिमाली र पहाडी क्षेत्र बढी भएका कारण हाम्रो देशमा पनि थुप्रै साँघुरा र डर लाग्दा सडकहरु छन् तर यस्तो खतरनाक भने छैनन् ।

हेर्नुहोस् संसार ५ खतरनाक सडकहरु : -

१.एटलान्टिक ओसन रोड:-
यो सडक ८.३ किलोमिटर लामो रहेको छ । थुप्रै आइल्याण्डमा बनाइएको यो सडक ८ वटा पुलसँग जोडिएको छ । आन्द्र महासागरको अप्रत्यासित छालका कारण यहाँबाट यात्रा गर्नु खतरनाक हुन्छ । यो देशको सांस्कृतिक धरोहर मात्र नभएर पर्यटन स्थल पनि हो ।


















२. साउथ युंगाज रोड :-
बोलिभियामा रहेको यो रोड ४३ माइल लामो रहेको छ । यसलाई डेथ रोड नामले पनि चिनिन्छ । कुनै कुनै दुर्गम ग्रामीण क्षेत्रमा जानको लागि अरु उपाय नै नभएकाले मानिसहरु यो सडकको प्रयोग गरिरहेका छन् ।















३.भिटिम रिभर क्रसिङ:-
साइबेरियामा रहेको यो पुल ६ सय मिटर लामो रहेको छ । पानी परेर बाढी आएको समयमा यहाँबाट यात्रा गर्न ठूलै साहसको जरुरत पर्दछ ।  

४.द श्यारी रोड:-
भारतको श्यारीबाट इस्त्यारीसम्मको यो सडक पहाडलाई काटेर बनाइएको छ । वर्षायाममा पानीले हिलो भएपछि यो सडक निकै चिप्लो हुने भएकाले यहाँबाट यात्रा गर्नु निकै खतरनाक हुन्छ ।
 

५.द हिमालयन रोड:-
 दक्षिण एसियामा रहेको यो सडक हिउँ र झरनाको पानीले सँधै ढाकिएको हुन्छ । ढुंगा तथा चट्टानले भरिपूर्ण हुने यो सडक एकदमै साँघुरो रहेको छ ।

Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment