Sponsor

विश्वका १० चर्चित स्थान जहाँ जना पाइदैन

एजेन्सी । विश्वका विभिन्न देशहरुमा विभिन्न नियम कानुन रहेका छन् । जसका कारण प्रकृति प्रदत्त स्थान तथा भूभागमा पनि जान वा प्रवेश गर्न रोक लगाइएको छ ।

चाहे त्यो धार्मिक, राजनीतिक वा अन्य कुनै कारणले नै किन न होस् । त्यस्ता स्थानहरुमा आम मानिसको कुनै पहुच हुन सक्दैन । विश्वमा केहि त्यस्ता स्थानहरु छन् जहाँ प्रवेश गर्न रोक लगाइएको छ ।

कुन कुन स्थान त्यस्ता छन् त ?

१. नर्थ सेन्टिनल आइल्याण्ड–अन्दामन आइल्याण्ड



इन्डियन ओसनमा पर्ने यस स्थान संसारकै अति सुन्दर ठाउँ मध्ये एक मानिन्छ । तर, यहाँ पनि सामान्य नागरिकको प्रवेशको लागि प्रतिबन्ध लगाइएको छ । यस आइल्याण्डको धेरैजसो भाग घना जङगलले ढाकेको छ । साथै, अति सुन्दर समुद्री किनार यहाँ देखिन्छ । र अनौठो के भने यस स्थानमा मानव बस्ती पनि छ । तर, यदी कोही बाहिरिया ब्यक्ति यस आइल्याण्ड नजिकै पुग्यो भने त्यहाँका आदिवासीहरुले आक्रमण गर्छन् र मार्न पनि सक्छन् । उनीहरु यतिसम्म क्रुर छन् कि, होचो उचाइमा उड्ने हेलिकोप्टरमाथि उनीहरु विभिन्न चट्टान नै प्रहार गर्छन् । साथै, ति बासिन्दालाई बाहिरी संसारसँग न चासो छ न बाहिरी जीवनशैली मन पर्छ । उनीहरुको आङ्खनै शैली छ ।

२. स्नेक आइल्याण्ड–ब्राजिल


क्रिश्चियन धर्म ग्रन्थमा उल्लेख भएअनुसार ‘गार्डेन अफ इडेन’ अहिलेको ब्राजिलकै भुभागमा पर्छ । पौराण्ँिक कथाअनुसार त्यस गार्डेनमा मानव जातिलाई जान परमेश्वरद्धारा रोकिएको थियो । र, त्यस गार्डेनको फल नखानु भनी आदेश दिइएको थियो । त्यही परम्परागत मान्यता अनुसार अहिले पनि यस आइल्याण्डमा कोही पनि प्रवेश गर्न पाउँदैन । यस ठाँउमा जानको लागि ब्राजिल सरकारले नै रोक लगाएको छ ।

३. ह्वाइट्स जेन्टलमेन क्लव, इङग्ल्याण्ड


इङग्ल्याण्ँकै सबैभन्दा गोप्य र सुरक्षित क्लवको रुपमा यसलाई मानिन्छ । धनाढ्यहरुका लागि मात्रै सञ्चालन गरिएको यस क्लवको ढोका महिला र सामान्य नागरिकका लागि सधैँ बन्द हुन्छ । यस क्लवभित्र प्रवेश गरिसकेपछि ग्याम्ब्लीङ गर्नु र मात्ने गरी पिउनुलाई नौलो रुपमा लिईंदैन । इङग्ल्याण्ँका प्रधानमन्त्री डेभिड क्यामरुन यस क्लवका पुर्व सदस्य हुन् । पछि उनले आङ्खनो पार्टीको बिचारका कारण्ँ क्लवको सदस्यता त्यागेका थिए ।

४. पाइन ग्याप–अष्ट्रेलीया


पाइन ग्याप विश्वकै सबैभन्दा गोप्य र सुरक्षित अनुसन्धान केन्द्र हो । अष्ट्रलीयन र अमेरिकी सरकारले संयुक्त रुपमा १९७० देखि सञ्चालमा ल्याएको यो केन्द्रबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अमेरिकी सैन्य योजनासँग सम्बन्धित काम हुने गरेका छन् । तर, यस स्थानमा सामान्य मानिसको पहुच छैन ।

५. रुम ३९–प्योङग्याङ, उत्तर कोरिया


उत्तर कोरिया सरकारले पहिलेदेखि नै आफु मातहतका विभिन्न संस्थाहरुको नाम ‘३९’ ले ब्रान्डिङ गर्दै विभिन्न नाम दिएको थियो । अफिस ३९, डिभिजन ३९ र ब्यूरो ३९ इत्यादी । उत्तर कोरियाको सरकारले गोप्य र सुरक्षित रुपमा रुम ३९ पनि सञ्चालन गर्दैआएको छ । उत्तर कोरियाली सरकार र यसका नेताले गोप्य रुपमा गर्ने जति पनि अवैध गतिविधिहरुको योजना यही रुमभित्र हुने विश्वास गरिएको छ ।

६. मेज्गोरी–बास्कोर्तोस्तन, रसिया


यो एउटा सानो सहर हो । जहा अरु मानिसलाई प्रवेश निषेध गरिएको छ । उत्तर एट्लान्टिक सन्धी सङगठन नाटोका अनुसार रसियाले आङ्खनो भुभाग माउन्ट यमान्तावा स्थित सञ्चालन गर्दै आएको आण्ँविक परमाण्ँु वमका लागि यस सहरका मानिसहरु कार्यरत छन् । युरोप र एसियाकै युनिक सहरमा पर्ने मेज्गोरीलाई रसियाली सरकारले बाहिरी मानिसलाई प्रवेशमा बन्देज लगाएको छ ।

७. डिस्नेल्याड्स क्लब ३३, न्यु ओर्लीयन्स, अमेरिका


सन् १९६७ मा सुरु भएको क्लव ३३ एक गोप्य र सुरक्षित स्थान हो । क्यासिनो व्यवसायी, उच्च राजनीतिज्ञ, र सेलिब्रेटीहरुका लागि भनेर सञ्चालन गरिएको हो । साथै, क्लवका सदस्यहरुले व्यक्तिगत रुपमा विशेष निमन्त्रणा नगरेसम्म यस क्लवमा प्रवेश पाउन सम्भव नै छैन । यस क्लवको सदस्यताका लागि २५ हजार अमेरिकन डलर तिर्नुपर्ने प्रावधान छ ।

८. कोका–कोला रिसिप भल्ट – जर्जीया यूएसए


विश्वकै उत्कृष्ट सङ्खट पेय पदार्थमध्ये एक हो कोका–कोला । तर, यो पेय पदार्थ कसरी बन्छ भन्ने धेरै मानिसलाई थाहा छैन । सामान्य अनुमानभन्दा पर कोकाकोला कम्पनीले आङ्खनो रेसिपी बनाउदैआएको छ । तर, उसले आङ्खनो रेसिपी १ सय २५ वर्र्षदेखि लुकाउँदै आएको छ । न कसैलाई जानकारी छ न त्यसभित्र सामान्य नागरिकलाई प्रवेश नै छ । धेरै मानिसहरुको विश्वास के छ भने कोकाकोला कम्पनीले तिनै जिज्ञाशु मानिसहरुबाट पैशा संकलन गर्दैआएको छ । र उसले तयार पार्ने रेसिपी आम जनताको अनुमानभन्दा धेरै धेरै भिन्न छ ।

९. जाभेरी रिजर्भ –ब्राराजिल


जाभेरी रिजर्भ सहर र अन्य मानव बस्तीभन्दा धेरै अलग र पृथक रुपमा सदियौदेखि रहदैआएको आदिवासी समुदायका लागि छुट्याइएको जंगलको एक भाग हो । ३० हजार स्क्वायर माइलभन्दा धेरै भूभाग ओगटेको यस स्थानमा अरु सामान्य नागरिकलाई प्रतिबन्ध लगाइएको छ । जहाँ बस्ने मानव जाति पनि अन्य समुदाय झै मानवीय गतिविधि र अन्न उब्जनीको काममा संलग्न हुन्छन् । यस स्थान अति सुन्दर र आकर्षक छ भन्ने धेरैको विश्वास रहिआएको छ ।

१०. माउन्ट वेदर–भजिनिर्या युएसए


ब्रम्हाण्ड अति सुरक्षित ठाउँ मध्ये एक हो माउन्ट वेदर । उच्च ओहदाका व्यक्तित्वमाथि सुरक्षा खतराको अवस्था आएमा आपतकालिन अवतरण्ँको रुपमा यसको प्रयोग गरिन्छ । सेप्टेम्बर ११ मा आपतकालीन अवधिभरका लागि डिक चेनीलाई यस ठाउँमा अवतरण गरिएको थियो । वासिङटन डिसीदेखि केहि मिनेटको ङ्खलाइटमा पुगिने यस स्थानका लागि अलग्गै सुरक्षा व्यवस्था गरिएको छ । भिन्न कानुनी व्यवस्थाका साथै अन्डर ग्राउन्डको व्यवस्था छ । कोल्ड वारको अवधिमा निर्माण्ँ गरिएको यस पहाडमा सुरक्षा हिसावले पूर्ण सुरक्षित छ । जहाँ सामान्य नागरिकका लागि प्रवेश निषेध छ ।
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment