Sponsor

खाली खुट्टा दौडिनेमा हामी नेपाली मात्र'


खेलकुद नतिजा मात्र होइन। कुनै यस्तो क्षणको दृश्यले कहिलेकाही जीवनभर बिर्सन नसक्ने बनाइदिन्छ। यो क्षण कुनै खेलाडीका लागि मात्र नभई पूरै खेलकुदमै अमर हुन्छ। सन् १९५८ को टोकियो एसियाली खेलकुदमा म्याराथनमा प्रतिस्पर्धा गरेका भूपेन्द्र सिलवालले एउटा त्यस्तै क्षणको सम्झना गरे, जुन नेपाली खेलकुदको इतिहास बन्यो।

तस्बिरः ओलम्पिक संग्रहालय 
खाली खुट्टाले दौड्दा रापले पोलिएको सिलवालको पैतालामा एक जापानी महिलाले पानि खन्याइदिएर मलम लगाइदिइन्। त्यही तस्बिर नेपाली खेलकुदकै चर्चित तस्बिर बन्यो। सिलवाल नांगो खुट्टा दौडिएर सातौं भए। उनी त्यसको स्मरण गर्दै भन्छन्, 'म्याराथनमा सहभागी झन्डै ६० जना जतिमा म र अर्का नेपाली खेलाडी नरबहादुर गुरुङ मात्र खाली खुट्टा दौडिएका थियौं। तातो घामको रापले खाली खुट्टामा पूरै अलकत्रा टाँसिए पनि सातौं भएँ।


डाक्टरलाई मेरो खुट्टाको अलकत्रा निकाल्न कति गाह्रो परेको थियो। उनीहरूले सुइराले घोपेर मेरो खुट्टाको अलकत्रा निकालिदिए। जुत्ता भएको भए स्वर्ण पदक नै जित्ने थिएँ।

मेरो भाग्य नै अहिले अर्कै हुन्थ्यो। खाली खुट्टा दौडिएपछि जुत्ता किनिदेलान् भनेको त झन सेनाको मान्छे खालीखुट्टा दौडिन पर्छ भनेर पो भन्छन्।' घुम्दै फिर्दै ६ वर्षपछि उनी टोकियो नै फर्के। यसपटक ओलम्पिक खेल्न।

सन् १९६४ को ओलम्पिक 
सन् १९६४ को ओलम्पिक नेपाली खेलाडीका लागि विशेष थियो। नेपाली खेलाडी पहिलोपालि ओलम्पिक सहभागी हुँदै थिए। सिलवालसहितको टोलीले ओलम्पिकमा खेल्ने पहिलो नेपालीका रूपमा इतिहास बनाए। पहिलो पटक ओलम्पिक खेल्ने नेपाली खेलाडीमा सिलवालमात्र जीवित छन्।
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment