Sponsor

देश नेपाल


हरिवंश अाचार्य

 देशकाे वर्तमान अवस्था बारे कलाकार हरिवंश अाचार्यले लेखेकाे कविता :






देश नेपाल

एउटा आँखाबाट मेरो मधेस रोइराछ । 
अर्को आँखाबाट मेरो पहाड बगिराछ । 
आँखा दुइटा भए पनि छाती एउटै छ नि । 
दुई आँखाकै मूल फुटेको छातीभित्रै हो नि । 
मधेस, पहाड छातीभित्र नेपाललाई हालौं । 
छातीभित्र घाउ छ भने देशले नै टालौं । 
पृथ्वी रहेसम्म नेपाल बाँचिरहनुपर्छ । 
हिमाल, पहाड, तराई सधैं एउटै हुनुपर्छ । 
एउटा आँखाबाट मेरो मधेस रोइराछ । 
अर्को आँखाबाट मेरो पहाड बगिराछ । 

एउटा कानभित्र मेरो मधेस चिच्याइराछ । 
अर्को कानभित्र मेरो पहाड कराइराछ । 
कान दुई भए पनि शिर त एउटै हो नि । 
सगरमाथा शिर भएरै हामी बाँच्या हौं नि । 
मनमा द्वेष केही छ भने झिकी फाल्नुपर्छ । 
चन्द्र, सूर्य रहेसम्म नेपाल बाँच्नुपर्छ । 
एउटा कानभित्र मेरो मधेस चिच्याइराछ । 
अर्को कानभित्र मेरो पहाड कराइराछ ।
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment