Sponsor

यूरोप रुवाएको तस्बिर



उठाइदै गरेको एलनको तस्विर 
भाद्र १८, २०७२- बुधबार बिहान टर्कीको समाचार संस्थाहरुले सार्वजनिक गरेको एउटा फोटोले यूरोपभर हंगामा मच्चियो । समुद्रको छालले बगाएर किनारमा ल्याइपुर्‍याएको एक बालकको शवको तस्विर सार्वजनिक भएपछि यसले यूरोपभर आक्रोश फैलियो ।




समुद्र किनारमा घोप्टो मृत बालकको फोटो सोसल मिडियामा भाइरल बनेको छ । धेरैले ‘छालसँगै बग्यो मानवता’ भन्दै यो फोटोलाई सेयर गरेका छन् ।

टर्कीको समुद्रमा डुंगा डुब्दा टर्की हुँदै ग्रीस पुग्न खोजेका १२ सिरियाली शरणार्थीको मृत्यु भएको थियो । तिमध्ये तीन वर्षीय बालक पनि एक थिए ।
फोटोमा देखिएका बालक तीन वर्षीय एलान



फोटोमा देखिएका बालक तीन वर्षीय एलान भएको सञ्चारमाध्यमले जनाएका छन् । उनी पाँच वर्षीय दाजु जलिप, आमा रिहान र बुबा अब्दुल्लाह कुर्दीसँगै डूबेका थिए । तीन वर्षीय बालकका बुबा अब्दुल्लाह भने ज्यान बचाउन सफल भएका छन् ।

टर्कीको समाचार संस्था डोगनले समुद्रमा डुब्नेहरु सिरियाको कोबाने सहरका शरणार्थी भएको जनाएको छ । इस्लामिक स्टेटबाट बच्न उनीहरु गत बर्ष भागेर टर्की आएका थिए ।




बीबीसीसँग कुरा गर्दै एलानका बाबु अब्दुल्लाले ग्रीसको लागि हिंडेको डुंगा छालले पल्टिएको बताए ।
‘मैले श्रीमति र बच्चाहरु समाउन खोजे तर सकिनँ । एक एक गरी सबैको मृत्यु भयो’, उनले भने ।
सिरियाबाट भागेर शरणार्थी बनेका हजारौंमध्ये उनीहरुको परिवार पनि एक हो ।

समुद्रबाट उठाइदै गरेको एलनको तस्विर सिरिया शरणार्थीको दुर्दशाको बिम्ब बनेको छ । तस्विर देखेर आक्रोशित धेरैले यूरोपेली सरकारको आलोचना गरेका छन् ।
एलानका बाबु अब्दुल्ला


यो बर्ष समुद्रमार्फत यूरोप छिर्न खोज्ने सयौं सिरियाली शरणार्थीको मृत्यु भइसकेको छ ।
‘मेरो बच्चाहरु संसारकै राम्रा थिए । आफ्नो बच्चा राम्रो नलाग्ने को अभिभावक होलान् र ?’, उनले भने ।




‘उनीहरु खेल्नको लागि मलाई ब्यूँझाउँथे । यो भन्दा राम्रो कुरा के हुन्थ्यो र ? सबै सकियो ।’
‘म मेरो परिवारको चिहानसँगै बसेर मेरो पीडा कम गर्न चाहन्छु’, उनले भने ।





प्रकाशित: भाद्र १८, २०७२
-BBC
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment