Sponsor

प्रकृतिका १९ तस्वीर, जसले सभ्यता विरुद्धको लडाइँ जिते

हामीले पृथ्वीमा मानव सभ्यता सबैभन्दा शक्तिशाली छ र यसलाई कसैले हल्लाउन सक्दैन भन्ने ठान्छौँ । तर होइन, मानिसको सभ्यता वा कुनै जिवात्माको अस्तित्व भन्दा प्रकृति सबैभन्दा शक्तिशाली हुन्छ र सबै चिजहरुको उत्थान र पतन प्रकृतिकै नियम मुताविक हुने गर्छ ।

हामीले देख्छौँ, घरको पर्खालमा चिरा पर्यो भने त्यहाँ जम्मा भएकेा माटोबाट झारपात तथा रुख पलाउन थाल्छन् र त्यहाँ प्रकृतिका नयाँ चक्र सुरु हुन थाल्छ ।

कुनैबेला मानव सभ्यताको केन्द्रको रुपमा रहेका सहर तथा भौतिक संरचनाहरु एकाएक खण्डहर बन्दै त्यहाँ प्राकृतिक पर्यावरण सिर्जना भएको इतिहास र वर्तमानमा देख्न र सुन्न पाइएकै हो । हिस्ट्री च्यानलले ‘दी लाइफ आफ्टर पिपुल’ शीर्षकमा तयार पारेका केही तस्वीरहरु यहाँ समावेश गरिएको छ जसले मानव सभ्यतापछि प्रकृतिको रजाइँ कसरी सुरु हुँदैछ देखाएको छ –

१.अमेरिकाको क्यालिफोर्नियास्थित दी ओल्ड पियानो ट्री ।



२.हङकङमा खण्डहर भवनका भित्ताहरुमा उमि्रएर बढेका रुखहरु ।



३. फ्रान्सको पेरिसस्थित इनर सिटी रेलवे, प्रयोगमा आउन छाडेको यो रेलवेको लिकमा झपक्कै फूल फुलेको देखिन्छ ।



४. वासिंटनस्थित भ्यासन आइल्याण्डमा रुखले खाएको साइकल । धेरै समय पहिले रुख सानो हुँदा सायद कसैले रुखमा बाँधेर साइकल राखेको थियो । पछि उक्त साइकल भन्दा तल्लो भागबाट रुखको हाँगो पलाएर बढ्दै गएपछि साइकल रुखभित्र पूरिएको छ ।



५. थाइल्याण्डको बैंककमा कुनै समयको चर्चित सपिङ मल पानीले डुबेपछि बनेका पोखरीमा रहेका असंख्य माछाहरु ।



६. इटालीको सोरेन्टोस्थित खोलाको खोल्सामा रहेको कुटानी पिसानी मिल रहेको घर । मिल बन्द भएपछि यो घर खण्डहर बनेको छ र घरमा रुख पलाएका छन् ।



७. प्रयोग गर्न छाडिएपछि फनपार्कको रोटेपिङ यस्तो भयो ।



८.बेल्जियमको भिन्टेज अटोमोबाइलको खण्डहर पार्किङ । जहाँ सयौँ थोत्रा गाडिहरु झारपातले पूरिएका छन् ।



९. नामिबियाको खानी सहर । प्रयोगमा आउन छाडेसँगै यसका भवनहरु बालुवा र माटोले पुरिन थालेका छन् ।



१०.१ सय ६० वर्ष पूरानो पेरिसको रेलवे । जुन प्रयोगमा छैन ।



११.अस्ट्रेलियाको सिड्नीस्थित समुद्रमा रहेको १ सय २ वर्ष पुरानो पानी जहाज । यो जहाजमा यतिधेरै रुख पलाएका छन् की कुनै टापुजस्तो देखिन्छ ।



१२. सिमेन्टेड इँटामाथि फैलिएका रुखका जरा ।



१३. आयरल्याण्डको किल्गार्भनमा रहेको एक खण्डहर आवासीय भवन ।



१४. जर्जियाको अब्खाजियामा रहेको खण्डहर रेल स्टेसन ।



१५.कुनैबेलाको चर्चित बेल्जियमका आइएम कुलिङ टावरको खण्डहरु स्वरुप ।



१६. रुसको कामचट्कास्थित समुद्री तटमा रहेको माझीहरुको सहरको भग्नावशेष ।



१७.कम्बोडियाको अंगकोरस्थित मन्दिरमा पलाएको पिपल ।




१८. बन्द भएको होटेलभित्रको कोठा ।



१९.युक्रेनको पि्रप्याट सहर । जसलाई आणविक विकिरणयुक्त भुताहा सहर भनिन्छ । यहाँ अहिले मानिसहरु बस्न छाडेपनि पुराना भौतिक संरचनाहरु भने प्रसस्ते देखिन्छन् ।

Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment