Sponsor

गुरुत्वाकर्षणलाई चुनौति दिने विचित्र ढुंगे कला


प्रस्तर अर्थात् ढुंगे कलाका लागि चर्चित टापु राष्ट्र स्ले अफ म्यानका विचित्र प्राकृतिक ढुंगे कलाहरुबाट प्रभावित हुँदै एक जना कलाकारले गुरुत्वाकर्षणको शास्वत सत्यलाई समेत चुनौति दिने प्रयास गरेका छन् ।

ढुंगामाथि ढुंगा अड्याएर मनै कम्पन गराउने कलाकृति तयार गर्ने विश्वका चर्चित स्टोन ब्यालेन्सर एडि्रयान ग्रे ले हालै गुरुत्वाकर्षणको नियमलाई चुनौति दिने ढुंगे मूर्तिहरुको श्रृंखला तयार पारेका छन् ।

जादुगरले जस्तै गरी ढुंगाहरुलाई एकमाथि अर्कोमा तैरिएको जस्तो गरी अठ्याएर राख्न सफल उनका ती मूर्तिहरुको तस्वीरु मिकेल बकले खिचे ।

बेलायती कलाकार ग्रे ले यस्तो अद्वितीय ढुंगे कला तयार पार्ने क्रममा मिल्दो ढुंगा खोज्दैमा घण्टौ सम्म लगाएका थिए ।



प्राकृतिक वातावरणको विविधताबाट प्रभावित भएका एडि्रयानले चमत्कारीपूर्ण तरिकाले ढुंगाहरुलाई एकअर्का माथि उभ्याएर अठ्याइदिन्छन् । यसो गर्दा उनले हरेक ढुंगाको वास्तविक तौल, आकार, कुन भागमा कति तौल वितरण हुने तथा एकमाथि अर्को ठड्याउँदा हुने क्रिया प्रतिक्रियाको विज्ञान बुझेर मात्रै गुरुत्वाकर्षणलाई चुनौति दिएको जस्तो देखिने कला तयार पार्न सकेका हुन् ।

उनले तयार पारेका ती कलाकृतिहरु अहिले इस्ले अफ म्यान देशको पर्यटन बोर्डले प्रकाशित गरेर आफ्नो देशको पर्यटन प्रवर्द्धनमा उपयोग गरिरहेको छ । एजेन्सीको सहयोमा















Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment