रसुवागढी |
नेपाल तिव्वतबीच सदियौ देखि व्यापारिक र साँस्कृतिक सम्वन्ध रहि आएको छ। सङचङ गम्पोले अंशुबर्माकी छोरी भृकुटीलाई विवाह गरेपछि यस्तो सम्बन्ध रहि आएको हो। तर बेला बेलामा नेपाल र तिव्वत बीच चिसोपन आई रहयो। चिसोपनकै परिणाम नेपाल र तिव्वत बीच पटकपटक डरलाग्दा युद्धहरू भए। त्यसवेला नेपाली फौजले हिमाली भञ्ज्याङहरू नाघी तिव्वतको सिगात्से र डिगर्चासम्म पाइला हालेका थिए। सोही क्रममा सिन्धुपाल्चोकमा दुनुनागढी र रसुवामा रसुवा गढी बनेको हो। युद्धले थिलथिलो भएपछि जय प्रकाश मल्लको पालामा कसर मिसिएको चाँदीको मुद्रा चलाएपछि त्यसले विवाद मच्चिएको थियो। यस विवाद पछि नेपाल र तिव्वत बीच युद्ध भई सन्धि समेत भईसकेको थियो। तर पछि स्याहमर्पा लामा सिक्किमको बाटो हुँदै राजनितिक शरणार्थीका रूपमा नेपाल पसेपछि फेरि तिब्बतले नेपालसँग निहु खोज्यो।
पञ्चेन लामाको हरहिसाव खोजेपछि स्याहमर्पा आफुसँग भएको धनसम्पत्ति अनुयायी र केही पचिर सहित नेपाल आउँदा नायव बहादुर शाहले उनलाई राजनितिक शरणार्थीका रूपमा स्वीकारी १८४४को असार ५मा लिन रणजित पाण्डेलाई खटाएका थिए। बहादुर शाहले तिब्बतसँग बदला लिने उपयुक्त मौका यसैलाई ठाने। उनी चाहन्थे सिक्किमतिरको बाटो वन्द गराएर कुती र केरुङको बाटो खुलाओस्। यस बारे वारम्वार पत्राचार भए पनि तिव्वतले यस प्रस्तावलाई वेवास्ता गर्दै आएको थियो। स्याहमर्पा लामा प्रकरणपछि तिव्वतमा नेपाली व्यापारीहरू लुटिन लागेका थिए। तिव्वतले केरुङ र कुतीबाट नेपालमा आक्रमण गर्ने तयारी गरेको सुइको पाएपछि बहादुर शाहले पनि युद्ध सञ्चालन गर्ने जिम्मा वलभद्र शाहलाई सुम्पेका थिए। यहि आदेश पालना गर्दै कुतीतिर श्रीकृष्ण शाह र केरुङतिर कीर्तिमान सिंह बस्नेत खटिएका थिए। नेपालमा भोटु पाण्डे तिव्वती सेनाव्दारा प्रक्राउ परेपछि नेपालले थप सैनिक पठायो। अन्तत: तिब्बत नेपालसँग सझौता गर्न वाध्य भयो। सझौंता अनुसार चिनिया प्रतिनिधिलाई साक्षी राखेर तिव्वतले बर्षेनी ५० हजार एक रूपैयाँ हर्जना तिर्नु पर्ने भयो।
पहिलो बर्षमा हर्जना तिरेपछि १८४७को साउनमा रकम वुझाउँन आनाकानी गर्यो र पछि २५ हजार रूपैया मात्र वुझाउन तयार भयो। पछिल्लो पटक तिब्बतले स्याहमर्पा लामाको खोजी गर्न थालेपछि नेपाली सेनाले तिब्बती वार्ताटोलीका सदस्यहरूलाई घेरा हाली पक्रियर काठमाडौं ल्यायो भने झुगाँको किल्ला कब्जा गर्यो। यसपछि चीन समेत नेपालसँग क्रुद्ध हुन पुग्यो। चीनले आफ्नो विशाल सेनासहित १९४९को असार ११मा केरुङको नेपाली किल्लामा आक्रमण गरेपछि त्यहाँबाट हटेर आठ कोश वरको रसुवागढीमा नेपाली सेना आई पुग्यो। चिनियाँ सेनाले दपेट्दै ल्याउँदा नेपाली सेना टिमुरेमा आईपुग्यो। काठमाडौंबाट हिडेको थप सैन्यदल र युद्धमा भिडिरहेको नेपाली सेनाको स्याफ्रुबेशीमा भेट भयो। ठूलो संख्यामा रहेका चिनिया सेना सिरानको बाटो भई भोटेकोशी नदी तरेपछि उनीहरूसँग मुकाविला गर्न नसक्ने देखिएपछि नेपाली सेना धुन्चे आए। त्यहाँको देउराली डाँडामा किल्ला बनाई उनीहरू वसे तीन दिन तीन रातको लडाईमा दुईपटक चिनिया सेनालाई नेपालले बलपूर्वक धपाए पनि उनीहरूको संख्या ठूलो भएका कारण नेपालीहरू फेरि पछि हटन वाध्य भए। नेपाली सेना फेरि कमारेगढमा आए। अघिल्लो दिन नेपाली सेनाले चिनियाँ सेनालाई परास्त गरे पनि भोलिपल्ट ठूलो संख्यामा चिनियाँ सेना उल्टेर आएपछि नेपाली सेना धैबुङ आईपुगे। त्यो समयमा दामोदर पाँडे चोक्देमा तैनाथ थिए। दुई पक्षबीच लडाई चल्दै जाँदा चिनिया सेना नेपाली सेनालाई पेल्दै नुवाकोट बेसी आइपुगे। यस्तो अवस्था आएपछि बहादुर शाहले चीन तिब्बतसँग सझौंता गर्नुपर्ने आवश्यकता महशुस गरे। तर, चिनियाले स्याहमर्पालाई खोजेपछि सझौंता हुन सकेन। नेपालले स्याहमर्पाले आत्महत्या गरिसकेको बताए पनि चिनिया सेनापतिले चित्त बुझाएनन्। त्यस बेलामा चिनिया सेना बेत्रावतीपारि आइसकेका थिए। उनीहरूलाई बेत्रावती नाध्न नदिने उद्देश्यले आवश्यक योजना बनाउन बहादुर शाह स्वयं नुवाकोट पुगेका थिए। चिनियाँ सेनालाई रोक्न नेपाली सेना चोक्दे, दुधे थुम्को र गेर्खुमा किल्ला बनाएर बसेका थिए। घमासान लडाई भयो। नेपाली सेना पहाडको टुप्पामा थियो भने चिनियाँ सेना भिरालोमा। मध्य वर्षातमा बेत्रावतीमा डरलाग्दो भेल बगिरहेको थियो। चिनियाँ सेनाले रसदपानीको अभावको सामना गर्न थालिसकेको थियो। नेपाली सेनाको पराक्रमले चिनियाँ सेना थप अगाडि वढ्न सकेन र चिनियाँ सेनापति तुङ थ्वाङलाई नेपालसँग सन्धि गर्नुपर्ने बाध्यता आइलाग्यो। अन्तत : अनुयायी र परिचरलाई लिएर वि.सं. १८४९ भदौ ११मा स्वदेश फिर्ता हुनुपर्यो।
0 comments:
Post a Comment