"तिमीहरूका निम्ति किल्ला विजय गर्न असम्भव थियो तर अब म स्वयम् आˆनो इच्छाले त्यसको त्याग गर्दछु ।"
वीर बलभद्र कुँवरले पानीको अभावले नालापानीको खलङ्गा किल्ला छोड्नुपर्दा अङ्ग्रेजहरूलाई भनेका वाक्य हुन् यी ।
नेपाली इतिहासमा उल्लेख गरिए अनुसार सन् १८१४ अक्टुबर २२ का दिन अङ्गे्रज सेनानायक जनरल जेलस्पीले आˆना फौज लिएर देहरादून प्रवेश गरेका थिए । देहरादून कब्जा गर्ने अङ्ग्रेजहरूको योजना विफल पार्न नेपालका सेनापति अमरसिंह थापाले उक्त इलाकाको रक्षार्थ कप्तान बलभद्र कुँवरलाई खटाएका थिए ।
नालापानीको सबैभन्दा उच्च स्थानमा पर्ने खलङ्गा किल्लामा आˆना सिपाही, महिला तथा केटाकेटी गरी करिब छ सय जनाको साथमा बलभद्र युद्धको तयारी गर्दै थिए । त्यसै बखत ३० अक्टुबरका दिन जेलस्पीले आˆना मातहतमा भएका तीन हजार पाँचसय भन्दा बढी फौजको साथमा किल्लामाथि आक्रमण सुरू गरे । नेपाली फौजसित हतियारका नाममा केही तोप, भरुवा बन्दुक, ढुङ्गामुढा खुकुरी धनुष भालाजस्ता अल्पविकसित साधनहरू मात्रै थिए । अङ्ग्रेजहरूका आधुनिक हतियार र सुसङ्गठित ठूलो फौजको सामना गर्नु नेपालीलाई फलामको चिउरा चपाउनु बराबरको काम थियो ।
यद्यपि नेपाली फौजले हरेस् खाएनन् । युद्धमा आˆनो धैर्य र पराक्रमको परिचय निरन्तर दिइरहे । पहाड पर्वतमा हुर्केका नेपाली सैनिकहरूको वलिष्ठ शरीर र उच्च युद्ध कौशलको चमत्कारको परिणामस्वरूप अङ्ग्रेजहरूको मनोबल क्रमशः घट्दै गयो । अन्ततः नेपाली वीर वीराङ्गनाको सामु अङ्ग्रेजहरूको केही लागेन । किल्लातर्फ बढेका अङ्गे्रज फौजका केही अधिकृत जवान मात्र बच्न सफल भए । लेˆटिनेन्ट एलिससहित अङ्ग्रेजका धेरै जवान युद्धमा मारिए ।
प्रथम प्रयास असफल भएपछि अङ्ग्रेजहरूले थप तयारी गरी दोस्रो हमला गरे । यसपटक जनरल जेलेस्पीसमेत बचेनन् । जेलेस्पीको मृत्युपश्चात् तितर-वितर फौजको नेतृत्वका भार कर्नल माँवीले सम्हाले ।
माँवीको पटकपटक आक्रमण पनि असफल भएपछि उनले युद्धद्वारा नेपालीलाई परास्त गर्ने आशा मारे । अन्तिममा उनले कूटनीति अपनाई किल्लाभित्र जाने पानीको मुहान थुनिदिए । अङ्ग्रेजहरूको उक्त धोकापूर्ण चालले नेपालीले पानीसमेत पिउन पाएनन् । पानीको प्यासले किल्लाभित्र हाहाकार मच्चिन थाल्यो । बाहिरबाट शत्रुका तोपहरूको अग्निवषर्ा जारी थियो भने भित्र सारा फौज प्यासले तड्पिरहेका थिए । त्यस्तो दर्दनाक परिस्थितिमा जीवित रहेका बाँकी योद्धाहरूको हितका लागि बलभद्रले स्वतः किल्ला छोड्नुपरेको थियो । सन् १८१४ नोभेम्बर ३०मा बलभद्रले किल्ला छोडेर जाँदा साथमा ७० जना जति मात्र बाँकी थिए । किल्लाको स्वतः त्यागपछि मात्र अङ्ग्रेजहरूको पाइला खलङ्गा किल्लासम्म पुग्न सकेको थियो ।
बलभद्रको अदम्य साहस र पराक्रमको धेरै अङ्ग्रेजहरूले मुक्तकण्ठले प्रशंसा गरे । अङ्ग्रेजी इतिहासकार आर.सी. विलियम्सले लेखेका छन्- "वीर बलभद्रले गरेको रक्षाको यो कार्य पराक्रमहरूको पङ्क्तिमा उच्च स्थानमा राख्न योग्य छ । उनले देखाएको साहस स्वयं हाम्रो कायरताको अपमान पखाल्न पनि पर्याप्त छ ।"
युद्धपश्चात् नेपालीहरूको पराक्रम र बहादुरीको प्रशंसा गर्दै अङ्ग्रेजहरूले एक युद्ध स्मारकको स्थापना गरे । उक्त स्मारकको शिलालेखमा लेखिएको छ । "हाम्रा वीर शत्रु बलभद्र र उनका वीर गोरखाहरूको स्मृतिमा सम्मानोपहार ।"
हालको देहरादूनस्थित सहस्त्रधार रोडमा पर्ने स्मारक भारतीय पुरातìव विभागको संरक्षणमा छ । यो विश्वको एक मात्र त्यस्तो उदाहरणीय स्मारक मानिएको छ जहाँ कुनै सेनाद्वारा आˆनो शत्रु सेनाको अद्भूत वीरतालाई उल्लेख गरिएको छ ।
भारतको उत्तराखण्ड राज्यअन्तर्गत पर्ने देहरादूनको नालापानीमा पर्ने खलङ्गा किल्लाले नेपाल र नेपालीको गौरवमय इतिहास बोकेको छ । यो सानो किल्ला नेपालको इज्जत र प्रतिष्ठाको वस्तु हो ।
नेपाली इतिहासमा उल्लेख गरिए अनुसार सन् १८१४ अक्टुबर २२ का दिन अङ्गे्रज सेनानायक जनरल जेलस्पीले आˆना फौज लिएर देहरादून प्रवेश गरेका थिए । देहरादून कब्जा गर्ने अङ्ग्रेजहरूको योजना विफल पार्न नेपालका सेनापति अमरसिंह थापाले उक्त इलाकाको रक्षार्थ कप्तान बलभद्र कुँवरलाई खटाएका थिए ।
वीर बलभद्र कुँवर |
प्रथम प्रयास असफल भएपछि अङ्ग्रेजहरूले थप तयारी गरी दोस्रो हमला गरे । यसपटक जनरल जेलेस्पीसमेत बचेनन् । जेलेस्पीको मृत्युपश्चात् तितर-वितर फौजको नेतृत्वका भार कर्नल माँवीले सम्हाले ।
माँवीको पटकपटक आक्रमण पनि असफल भएपछि उनले युद्धद्वारा नेपालीलाई परास्त गर्ने आशा मारे । अन्तिममा उनले कूटनीति अपनाई किल्लाभित्र जाने पानीको मुहान थुनिदिए । अङ्ग्रेजहरूको उक्त धोकापूर्ण चालले नेपालीले पानीसमेत पिउन पाएनन् । पानीको प्यासले किल्लाभित्र हाहाकार मच्चिन थाल्यो । बाहिरबाट शत्रुका तोपहरूको अग्निवषर्ा जारी थियो भने भित्र सारा फौज प्यासले तड्पिरहेका थिए । त्यस्तो दर्दनाक परिस्थितिमा जीवित रहेका बाँकी योद्धाहरूको हितका लागि बलभद्रले स्वतः किल्ला छोड्नुपरेको थियो । सन् १८१४ नोभेम्बर ३०मा बलभद्रले किल्ला छोडेर जाँदा साथमा ७० जना जति मात्र बाँकी थिए । किल्लाको स्वतः त्यागपछि मात्र अङ्ग्रेजहरूको पाइला खलङ्गा किल्लासम्म पुग्न सकेको थियो ।
बलभद्रको अदम्य साहस र पराक्रमको धेरै अङ्ग्रेजहरूले मुक्तकण्ठले प्रशंसा गरे । अङ्ग्रेजी इतिहासकार आर.सी. विलियम्सले लेखेका छन्- "वीर बलभद्रले गरेको रक्षाको यो कार्य पराक्रमहरूको पङ्क्तिमा उच्च स्थानमा राख्न योग्य छ । उनले देखाएको साहस स्वयं हाम्रो कायरताको अपमान पखाल्न पनि पर्याप्त छ ।"
अङ्ग्रेजहरूले एक युद्ध स्मारकको स्थापना गरे ,उक्त स्मारकको शिलालेख |
हालको देहरादूनस्थित सहस्त्रधार रोडमा पर्ने स्मारक भारतीय पुरातìव विभागको संरक्षणमा छ । यो विश्वको एक मात्र त्यस्तो उदाहरणीय स्मारक मानिएको छ जहाँ कुनै सेनाद्वारा आˆनो शत्रु सेनाको अद्भूत वीरतालाई उल्लेख गरिएको छ ।
भारतको उत्तराखण्ड राज्यअन्तर्गत पर्ने देहरादूनको नालापानीमा पर्ने खलङ्गा किल्लाले नेपाल र नेपालीको गौरवमय इतिहास बोकेको छ । यो सानो किल्ला नेपालको इज्जत र प्रतिष्ठाको वस्तु हो ।
0 comments:
Post a Comment