Sponsor

नेपोलियन बोनापार्ट

नेपोलियन बोनापार्ट
(जन्म: नेपोलिओनी दी बुओनापार्ते, अगस्ट १५, १७६९ – मे ५, १८२१) एक फ्रान्सेली सैनिक तथा राजनीतिक नेता थिए जसले पछिल्लो फ्रान्सेली क्रान्ति तथा यससँग सम्बन्धित युद्धका समयमा ख्याति कमाए । उनी नेपोलियन प्रथमको रूपमा सन् १८०४ देखि १८१४ सम्म तथा सन् १८१५ मा र फेरी दोस्रो पटक फ्रान्सको सम्राट भए ।

क्रान्तिकारी युद्ध तथा उनका समयमा भएका सबै युद्धमा उनले फ्रान्सलाई नेतृत्व गर्दै सम्पूर्ण युरोपलाई आफ्नो अधिनमा राखेर विभिन्न देशका संयुक्त फौजको विरुद्ध उभिए। सन् १८१५ को पराजयपूर्व उनले प्राय सबै लडाइँहरू जितेर युरोप महादेशका लगभग पूरै भूभाग आफ्नो कब्जामा राखे। उनी एक महान ऐतिहासिक कमान्डर हुन् जसले सञ्चालन गरेका अभियानहरू विश्वभरका सैन्य विद्यालयहरूमा अध्ययन गरिए। उनी युरोपको इतिहासमा लगातार रूपमा सबभन्दा मानिएका तथा विवादमा आएका नेता रहेका छन्। सर्वसाधारणको हकमा नेपोलियनले युरोपभर धेरै मात्रामा उदारवादी सामाजिक सुधारहरू लागू गरे।
सन् १८१२ मा झाक-लुई दाभिदले बनाएको नेपोलियन बोनापार्टको चित्र

जनतामाथि महाजनहरूको आधिपत्यको उन्मुलन, सबै वर्गका जनताका लागि समान कानुन, धार्मिक सहिष्णुता तथा सम्बन्धबिच्छेदलाई कानुनीमान्यता उनले गरेका प्रमुख सामाजिक सुधारहरू हुन्। उनले प्राप्त गरेका कानुनी उपलब्धिहरू नेपोलियोनिक कोडका रूपमा विश्वका दर्जनौं देशमा विभिन्न तहका पाठ्यक्रममा समावेस गरिएका छन्।
नेपोलियन कोर्सिकाको एक मध्यम वर्गीय परिवारमा जन्मिएका थिए। उनका पुर्खाहरू इटालेली राज घरानाका थिए जो १६औं सताब्दीमा कोर्सिका आएर बसे। राम्रो शैक्षिक योग्यता प्राप्त गरेका उनी अध्ययनमा गहिरो रुचि राख्दथे। नेपोलियन कोर्सिकाली लवजमा उत्कृष्ट फ्रेन्च भाषा बोल्दथे। कट्टरपन्थी ज्याकब्लिन गुटका समर्थक उनको सैन्यकलाले तिब्र गतिमा ख्याति पाउन सफल भयो। उनले सन् १७९६ देखि १७९९ सम्म इटाली तथाइजिप्टमा चलाएको चर्चित सैन्य अभियानपश्चात उनी क्रान्तिको नेताको रूपमा उदाए।

नेपोलियन सन् १७९९ मा शक्ति हत्याउन सफल भए र उनी फ्रान्सको केही बाहेक नियन्त्रणमा राख्दै प्रथम कन्सुलको रूपमा आफूलाई स्थापित गरे। सन् १८०४ मा उनलाई फ्रान्सेली जनताको सम्राटको रूपमा राज्याभिषेक गरियो। उनले पोप तथा क्याथोलिक चर्चसँग राम्रो सम्बन्ध स्थापित गरेर धार्मिक शक्तिबाट खतरामुक्त रहे। क्रान्तिको समयमा देश निकाला गरिएकाहरूलाई फिर्ता आउन अनुमति दिएर उनले फ्रान्समा नयाँ खालको अभिजात वर्ग सुरु गरे। उनले लगातार रूपमा धेरै लडाइँ लडे जसलाई 
नेपोलियनका पिता कार्लो बुओनापार्ते 
नेपोलियनकालिन(नेपोलियोनिक) युद्धको नामले पनि चिनिन्छ। फ्रान्सेली साम्राज्यका विरुद्ध निरन्तर परिवर्तन भइरहने गठबन्धनहरूसँगका ती युद्धहरू अत्यन्तै जटिल पनि थिए। सन् १८१५ मा उल्म तथा अस्ट्रालिजको विजयसँगै उनले तेस्रो गठबन्धनलाई समाप्त पार्दै पुरानो रोमन साम्राज्य समाहित गरेर कनफेडरेसन अफ द राइनको स्थापना गरे। यद्यपी सन् १८०५ को अक्टोबरमा ट्राफल्गरमा उनको जलसेना ध्वस्त भयो भने बेलायतले फ्रान्सेली समुद्रतटमा जलनाकाबन्दी लगायो। त्यसको जवाफमा उनले बेलायतसँग युरोपेली व्यापारमा कटौति गर्न महादेशीय प्रणाली लागू गरे। फ्रान्सेली साम्राज्यका विरुद्ध चौथो गठबन्धन पनि बनेको थियो तर सन् १८०६ मा जेना-अयुर्स्टेड तथा सन् १८०७ मा भएको अर्को लडाइँमा यो परास्त भयो। यी लडाइँमा भएको फ्रान्सको जितकै कारण प्रसिया टुक्रियो र पोलिस राज्य पुन अस्तित्वमा आयो। नेपोलियनले सन् १८०९ पाँचौं गठबन्धनलाई पनि वाग्राममा हराउँदै युरोप महादेशभर आफ्नो दबदबाकायम राख्न सफल भए। नेपोलियनले पटक पटक बनेका विभिन्न गठबन्धनलाई चिर्दै तथा मित्र राष्ट्रहरूको आफूतिरको झुकावलाई कायम राख्दै फ्रान्सको बर्चश्व कायम राखे। उनले यसका लागि फ्रान्सका उपनिवेसका रूपमा रहेका अन्य युरोपेली राष्ट्रहरूमा आफ्नै परिवारका सदस्यहरूलाई शासक नियुक्त गरेका थिए।
नेपोलियनले प्रयोग गरेको सम्राटको प्रतीक

नेपोलियन सन् १८०२ देखि १८०५ सम्म राष्ट्रपति थिए, सन् १८०५ देखि १८१४ सम्म इटालीका राजा भए, सन् १८०३ देखि १८१३सम्म स्विस महासंघका मध्यस्थकर्ता तथा सन् १८०६ देखि १८१३सम्म राइनको संरक्षक थिए। सन् १८१७ को अन्त्यमा नेपोलियनले पोर्चुगललाई पनि महादेशीय प्रणालीमा आउन बाध्य बनाउने कोशिस गरे। अर्को वर्ष उनले आफ्नै भाइ जोसेफ बोनापार्टलाई स्पेनको राजा बनाए। उनका यिनै कदमले प्रायद्विपीय युद्ध निम्त्यायो जुन अत्यन्त हिंश्रक गुरिल्ला विवादको लागि चिनिन्छ। यहि युद्धले बेलायती सेनाको पनि सामना गर्नु पर्यो भने यसकै कारण फ्रान्सको स्रोत तथा सामर्थ्यमा ह्रास आयो। महादेशीय नाकाबन्दीलाई लागू गराउन उनले सन् १८१२ मा रुसको हस्तक्षेप सुरू गरे जुन अन्त्यमा गएर सैन्य विफलतामा परिणत भयो। यहीअभियानका क्रममा रोगका कारण उनको महासेनाको ठूलो हिस्सा ध्वस्त भयो। त्यसपछि धेरैजसो युरोपेलीदेशहरू उनको विपक्षमा उभिए। सन् १८१३ को अक्टोबरमा लेइप्जिगमा भएको युद्धमा छैटौँ गठबन्धनले उनलाई परास्त गर्यो र फ्रान्सलाई कब्जा गर्यो। नेपोलियनलाई सन् १८१४ को अप्रिलमा राज्य त्याग्न बाध्य पारियो। 
१८०२मा प्रथम कन्सुलका रूपमा नापोलेओंको चित्र
अन्त्यमा देश निकाला गरेर उनलाई एल्बा टापुमा पठाइयो। त्यसपछि सन् १७९२ देखि फ्रान्सको कब्जामा रहेका भूमि फिर्ता भए अनि पहिलाका शासक बर्बोनहरूले शक्ति प्राप्त गरे। सन् १८१५ मा उनले एल्बा टापुबाट भागेर पुन शक्ति प्राप्त गरे तर त्यो लगभग १०० दिनका लागि मात्र रह्यो। आखिर उनी वाटरलुको युद्धमा पराजित भए। 
जीवनका अन्तिम ६ वर्ष उनले दूर्गम सेन्टहेलेना टापुमा बेलायती नजरबन्दीमा काटे। उनी फ्रान्सेली जनताका लागि उन्नाइसौं सताब्दीभरका महान नायक थिए। उनकै ख्यातिको प्रभावले उनका भाञ्जा नेपोलियन तृतीय सन् १८४८ देखि १८७० सम्म फ्रान्सको शासक भए।
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment