Sponsor

यी हुन् संसारका १२ अनौठा होटल

तपाईं हामी सामान्यतयाः यात्रा गर्दा पायक पर्ने, सस्तो र आरामदायी होटलको खोजीमा हुन्छौं । तर, मानिसलाई सधै एउटै, उस्तै प्रकारका होटलमा सुत्नु दिक्क लाग्दो पनि हुन्छ ।

त्यसैले त संसारमा यस्ता अनौठा होटल बनेका छन् जसले यात्रुलाई रोमाञ्चकता प्रदान गर्छ । सामान्य होटलभन्दा केही महंगो मूल्य तिर्नु परे पनि तपाईलाई कुनै पछुतो हुने छैन् ।

ट्राभल पोर्टल ट्रिप एडभाइजरले यस्ता केही अनौठा होटलको सिफारिस गरेको छ जहाँ सुत्नु तपाईका लागि जीवनभरकै लागि स्मरणीय र रोमाञ्चक हुने छ ।

१. इनेल होटल, नेदरल्याण्ड
झट्ट हेर्दा यो होटल एउटा घरमाथि अर्को घर जोडेर बनाएजस्तै देखिन्छ । जान क्षेत्रका परम्परागत घरको डिजाइनबाट प्रभावित यो होटल आम्सट्रडमको मुख्य स्टेसनबाट १२ मिनेटमात्र लाग्छ ।




२. फाराल्द क्रेन होटल, नेदरल्याण्ड
झट्ट हेर्दा सामान ओसार्ने क्रेनजस्तो देखिने यो होटल आम्सट्रडम पोर्ट नजिकै छ । कुनै बेला बन्दरगाह रहेको यो स्थानमा पुराना क्रोनको प्रयोग गरी होटल बनाइएको छ । जनिमको सतहभन्दा ५० मिटरमाथि क्रेनमा रहेको यो होटलमा जम्मा तीनवटा सुईट रुम बुक गर्न पाइन्छ ।




३. सेराटन हुझाओ हट स्प्रि ङ रिसोर्ट, चीन
चीनको हुझाउमा रहेको शेराटन ब्राण्डको यो होटल दुनोट आकारको आर्किटेक्टका कारण संसारभर प्रख्यात छ । यसको बनोट जति अनौठो छ, त्यति नै मूल्यवान छन यहाँका खानाहरु पनि । होटलका दुवै टावरलाई पानीमुनी रहेको पुलले जोड्छ । रातीको समयमा यो भवनमा बत्ती बल्दा निकै सुन्दर देखिन्छ ।




४. होटल जेस्टेड, चेज रिपब्लिक
झट्ट हेर्दा कुनै स्मारक जस्तो देखिने यो होटल सन् १९६० मा निर्माण भएको हो । समुद्री सतहबाट १ हजार १२ मिटरको उचाईमा रहेको यो होटलबाट चेज रिपब्लिकका हिमालहरुको दर्शन गर्न पाइन्छ ।




५. नाइन आवर क्याप्सुल होटल, क्योटो, जापान
जापानको पुरानो राजधानी क्योटोमा रहेको यो होटलमा ९ घण्टा सुत्न पाइन्छ । पाहुनाहरुलाई सुताउन यहाँ बेग्लाबेग्लै क्याप्सुल बनाइएको छ जहाँ एउटा ब्यक्तिमात्र सुत्न पाउँछ । यात्रुलाई आरामदायी बनाउन निद्रामैत्री प्रबिधि अपनाइएको होटलले जनाएको छ ।



६. सन क्रुज रिसोर्ट, दोङ्गी, दक्षिण कोरिया
यदि तपाईलाई समुद्री जहाजमा यात्रा गर्ने रहर छ तर बिरामी परिएला भन्ने डरले जान सक्नुभएको छैन भने दक्षिण कोरियामा रहेको यो आरामदायी होटल तपाईंका लागि राम्रो बिकल्प हुनसक्छ । पानी जहाजको आकारमा रहेको यो होटलले आफुलाई संसारकै पहिलो जमिनमा रहेको लक्जरी पानीजहाज होटलको दावी गरेको छ । यहाँ पानी जहाजमा हुने सवै सुबिधा उपलब्ध छन, यसको छतबाट तपाईले समुद्रको दृष्यावलोकनसमेत गर्न सक्नुहुन्छ ।




७. स्पीटब्याङ्क फोर्ट, बेलायत
सुमद्रको बिचमा रहेको यो होटल कुनै बेला युद्धका लागि बंकर थियो । पछि यसलाई लक्जरी होटलका रुपमा बिकाश गरिएको हो । लक्जरी होटलमा हुने सवै खाले सुबिधा रहेको यो होटलमा जान डुंगाको प्रयोग गर्नुपर्छ ।



८. फ्रि स्पिरिट स्पेयर होटल, ब्रिटिस कोलम्बिया
भान्कोभरको जंगलमा रहेको यो होटल झट्ट हेर्दा चरको गुँडजस्तो देखिन्छ । पाहुनालाई प्रकृतिसँग घुलमिल हुने र प्रकृतिको आनन्द लिने वातावरण दिन यस्तो होटल बनाइएको हो । यहाँ जम्मा तीनवटा सुइट रुम रहेका छन् । रुमसम्म पुग्नका लागि झर्‍याङ चढेर जानुपर्छ ।




९. द अरोरा एक्सप्रेस, अलास्का, अमेरिका
थोत्रो रेल्वेको डिब्बालाई मर्मत गरी बनाइएको यो होटल बाहिरबाट हेर्दा पुरानो रेलजस्तै देखिन्छ । हरेक कोठलाई अलास्काको इतिहाससँग जोडेर भिन्न शैलीमा डिजाइन गरिएको छ । सात सय फिट लामो रेलको डिब्बामा होटल बनाइएको छ ।



१०. विगोम मोटल, एरिजोना, अमेरिका
अमेरिकाको एरिजोनामा रहेको यो होटलमा देखिने टेण्टजस्तो आकृतिभित्र होटलका कोठा रहेका छन् । यी कोठा धेरै लक्जरी नभए पनि सस्तो र सुलभ छन् ।

परम्परागत अमेरिकी संस्कृतिबाट प्रभावित यसका संस्थापकले सन् १९३० बाट अमेरिकाभरि यस्ता होटल खोल्ने अभियान थालेका थिए । अहिले जम्मा तीनवटा बाँकी छन् ।



११. ला ब्लेज देश गोमेस, बेल्जियम
घोडाको आकृतिमा देख्नुभएको यो भवन बेल्जियमको एक होटल हो । यहाँ १० वटा गेष्टरुम छन जहाँको डिजाइन पौराणिक कथाहरुमा बर्णन गरिए जस्तो आकृतिमा बनाइएको छ ।



१२. होटल कोष्टा भर्द, कोष्टारिका
कोष्टारिकाको ओन्तोरियो राष्ट्रिय निकुञ्जभित्र देखिने यो जहाज वास्तवमा होटल हो । पुरानो जहाजलाई यो जंगलत्रिभ ल्याएर यसका संचालकले सुन्दर र आरामदायी होटलका रुपान्तर गरेका छन् । ५० फुट उचाईमा रहेको यो होटलबाट पाहुनाहरुले समुद्र र जंगलको दृष्यावलोकन गर्न सक्छन् ।



-CNN
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment