Sponsor

नाकाबन्दीरूपी युद्ध

युद्धका अनेक रूप र चरणहरू हुन्छन् । शीत युद्ध, वाक्युद्ध, आर्थिक नाकान्दी, हतियारबन्द युद्ध अनि आणविक युद्ध आदि । यीमध्ये नेपाल र भारतले अनेकौँ चरण पार गरिसकेका छन् । भारतका प्रधान मन्त्री जवाहरलाल नेहरुको कार्यकालको उत्तराद्र्धबाट प्रारम्भ भएको शीतयुध्द इन्दिरा गान्धी, राजीव गान्धी र नरेन्द्र मोदीको कार्यकालमा यी सबै चरण पार गर्दै पुनः नाकाबन्दीको चक्रव्युहसम्म आएको छ । यस्ता सबैखाले युद्धका रचयिता या 'ग्रान्ड डिजाइनर' प्रवृत्तिगत हिसाबले प्रायः एकै प्रकारका चरित्र, स्वभाव र एकै प्रकारका कुण्ठाका बन्दी हुने गरेका छन् । यी सबैको महŒवाकांक्षाचाहिँ देशको हित नभएर निजी अहंकारको तुष्टिमात्र हुने गरेको इतिहास छ । महाभारतकालका दुर्योधनदेखि बीसौँ शताब्दीका हिटलर, मुसोलिनीलगायत प्रजातन्त्र र जनवादको बर्को ओढेर अर्काको सुखचैन देख्न नसक्ने शासकहरूले अनाहकमा युद्ध थोपेर लाखौँ निर्दोष एवं निरपराध जनताको हत्या गर्न किञ्चित पनि संकोच मानेनन् ।

भारत–नेपालको सम्बन्धबारे तत्तत् देशका शासकहरूले सत्यलाई छुपाउँदै जनस्तरको अद्वितीय सम्बन्ध भनी जतिसुकै लिपापोती गरे पनि वास्तविकताचाहिँ नेपालको अस्मितामाथि उसको गिद्देदृष्टि छ भन्ने कुरा सबैले समयमै बुझिराख्नु बेस हुन्छ । यो वास्तविकता बारम्बार पुष्टि भइसकेको पनि छ । आफ्नै गृह मन्त्रीलाई नेपालको स्वतन्त्र अस्तित्व भारतको लागि कति महŒव राख्छ भन्ने कुरा सम्झाउने प्रथम प्रधान मन्त्री नेहरुको रणनीति नबुझेका उनकै उत्तराधिकारी प्रधान मन्त्रीहरूमात्र होइन आफ्नै छोरी र नाति प्रधान मन्त्री– इन्दिरा र राजीव गान्धीले नेपालमा पटकपटक नाकाबन्दीरूपी अस्त्र थोपरेर गरिब नेपालीमाथि हैकमको लाठी बर्साइरहे । असल छिमेकी भनिने भारतको यस्तो प्रताडनाको बदलामा निरिह नेपालीले गर्न सक्थे के नै र ! हातमा खुकुरी उचालेर मार हान्न तयार रहेको कसाईसामु राँगो रोएजस्तै ! नेपालीले आफ्नो सरकार आफै चुन्यो भने भारतीय शासकको पेट पोल्ने ! आफ्नो इच्छामुताविक तेस्रो देशबाट सामान मगाए भारतको टाउको दुख्ने ! आफ्नो संविधान आफै बनाउँदा ऊ चिन्तिन हुने ! आफ्नो साधनस्रोतको जोहो आफै मिलाउने प्रयत्न ग¥यो भने भारतले आरिस गर्ने ! यो के हो ? कसरी चल्छ नेपाल ? कसरी बाँच्छन् नेपाली ? चारैतिरका झ्यालढोका बन्द गरेर एउटा सानो बिरालोलाई लखेट्यो भने उसले मानिसको घाँटी अँठ्याउँछ भनिन्छ । नेपाली त मानिस हुन् नि ! आफ्ना सन्तान भोकभोकै रहेको, आफ्ना परिवारले औषधिमूलो गर्न नपाएर छट्पटिँदै बसेको हेर्न बाध्य गोर्खालीहरूले कति दिन भारतको सिमाना रक्षा गरिरहलान् ? भारतीय शासकले बुझ्नुपर्ने कुरा होइन र यो ?

भारतको कूटनीतिक विफलता

सयौँ वर्षको अंग्रेजी प्रभुत्वबाट भारतलाई स्वतन्त्रता दिलाउने युगपुरुष महात्मा गान्धीको सल्लाहलाई सत्तामोहकै कारण अवज्ञा गर्नाले हिन्दुस्तान अखण्ड रहन सकेन । ती सत्ताकांक्षीहरूले महात्माको कुरा स्वीकारिदिएका भए आजका मितिसम्म पाकिस्तान पनि भारतकै अंग रहिरहन सक्थ्यो । स्वतन्त्रतापछिका एक दशकजति भारतका छिमेकीहरू भारतप्रति मैत्रीभाव राख्थे । मित्रवत् सम्बन्ध थियो सबै छिमेकीको । साँच्चै भन्नुपर्दा भाइचाराको भावना थियो सबैमा । तर, ७ दशकको अन्तरालमा दक्षिण एसियामा भारतको एउटा पनि भरोसाायोग्य मित्र बाँकी रहेनन्, किन ? श्रीलंका, माल्दिभ्स, बर्मा, अफगानिस्तान, पाकिस्तान कोही पनि उसको पक्षमा छैनन् आज । नेपालले जेनतेन विश्वमञ्चमा भारतको समर्थन गरिरहेको थियो, तर बारम्बारको नाकाबन्दीले अब आफ्नो बाटो आफै हिँड्ने प्रयत्न गर्न नेपाल बाध्य भएको छ । बंगलादेश भारतकै उपज थियो, तर त्यसलाई पनि आफ्नो मुठ्ठीबाट भारतले उम्काइसक्यो । अब रह्यो कुरा भुटानको । ऊ पनि नाकाबन्दीको धम्कीबाट आजित भइसकेको छ । फेरि उसको अन्तर्राष्ट्रिय हैसियत पनि त्यत्ति जमेको छैन । यस्तो परिस्थितिमा भारतले विश्व रंगमञ्चमा सार्थक भूमिका खेल्न सक्छ ? अर्को तर्फ हेरोँ चीनलाई ! ७ दशकअघि चीनको समर्थनमा यो भेगमा एउटा मुलुक पनि खुलेर आउन सकेका थिएनन् । तर, आज तस्बिर बदलिएको छ । चीन विश्व अर्थतन्त्र र राजनीतिमा समेत कसैले इन्कार गर्न नसक्ने गरी अगाडि लम्किरहेको छ । अब कूटनीतिको असफलता र सफलताको अर्को उदाहरण अन्यत्र कहाँ खोज्न जाने ?

नेपालले के गल्ती ?

आजसम्म नेपालमा जसजसले शासन गरे तीमध्ये कसैले पनि भारतको सुरक्षा र उसको आर्थिक स्वार्थविरुद्ध जाने अभिलाषा राखेनन् । भारतको संवेदनशीलतालाई यहाँका शासकले मात्र होइन जनताले पनि कहिल्यै उँचनिच हुन दिएनन् । त्यसैले त भारतका शत्रुहरू नेपालमा आफ्ना अभीष्ट पूरा गर्न कहिल्यै सफल भएनन् । लाखौँ भारतीय नागरिक नेपालमा अर्थोपार्जनको काम गर्छन् । तिनको हितविरुद्ध न त नेपाल सरकार गएको छ न त नेपाली जनता नै ! हालैमात्र विश्व बैंकले प्रकाशित गरेको एक प्रतिवेदनले भनेको छ– 'नेपालबाट भारतीय कामदारले वार्षिक साढे ३ खर्ब रुपैयाँ रेमिटेन्सको रूपमा भारत लैजान्छन् ।' हुन त लाखौँ नेपाली पनि भारतमा छन् । तर तिनको वार्षिक आम्दानी एक खर्ब नाघेको पुष्टि आजसम्म हुन सकेको छैन । यति गर्दा पनि नेपालीले कहीँ असन्तुष्टि पोखेका छैनन् । नेपालीले हिजोआज भारतलाई सोध्ने एउटै प्रश्न छ– 'हामीले तिम्रो के बिगा¥यौँ ? हामीबाट के गल्ती भयो ? तिमीहरूले हामीमाथि किन नाकाबन्दी थोपरेको ?'

भारतले नेपाललाई जुन बहानामा नाकाबन्दी गरिरहेको छ, त्यसलाई कुनै पनि सभ्य व्यक्ति र समाजले सह्राउन सक्दैन । भारतका कैयौँ विद्वानले यसलाई गलत भनिसकेका छन् । नाकाबन्दी भनेको युद्धकै अर्को रूप हो । नाकाबन्दीलाई कसैकसैले रक्तपातविहीन युद्ध भनेका छन् भने कसैले यसलाई 'मन्दविष' को संज्ञा दिएका छन् । वास्तवमा हतियारबन्द युद्धभन्दा नाकाबन्दीको मार अझ बढी प्रभावकारी हुन्छ । दुई देशबीच हुने हतियारबन्द युद्ध सामान्यतः केही दिन, केही साता वा बढीमा महिनाभन्दा बढी लम्बिएको उदाहरण पाइँदैन । तर, नाकाबन्दी महिनाँै र अझ वर्षैसम्म चल्न सक्छ । यही अवधिमा सकेसम्म गलाउने प्रयत्न गर्छ नाकाबन्दीकर्ताले । राजा वीरेन्द्रले भारतसँग नतमस्तक हुनुभन्दा आफ्नै देशका प्रजातन्त्रवादीसमक्ष झुक्न रूचाए । त्यसैले यहाँ प्रजातन्त्रको पुनर्वहाली भयो । जनबलद्वारा स्थापित प्रजातन्त्रका प्रथम प्रधान मन्त्री कृष्णप्रसाद भट्टराईबाट आफ्नो स्वार्थको कुरा फुत्काउन सकिन्छ कि भन्ने थियो भारतलाई । तर, उनले पनि 'भारतले गोर्खा रेजिमेन्ट बनाएजस्तै तराई रेजिमेन्ट किन नबनाएको ?' भन्ने खरो प्रश्न तेर्साइदिएपछि भारत आफ्नो ठेगानमा पुगेको थियो ।

भट्टराईको कार्यकालपछि २५ वर्षको अन्तरालमा आफ्नो कलुषित स्वार्थ पूरा गर्न भारतले नेपालका शासकहरू र नेपालको मैदानी भागमा पर्याप्त गोडमेल ग¥यो । परिणामतः हरेक पटक सरकार परिवर्तनमा भारतको भूमिका जनताले देख्न थाले । त्यसैगरी तराई–मधेसका रैथाने राष्ट्रवादीलाई अल्पमतमा पार्ने 'ग्रान्ड डिजाइन' अन्तर्गत आफ्नो आशिर्वाद थाप्न आउनेलाई अँठ्याएर लाखौँ भारतीयलाई नेपाली नागरिकता दिलाइयो । विदेशीले नागरिकता पाएपछि देशमा के भइरहेछ, हामी सबैलाई थाहै छ ।

नेपालका नालायक नेताहरू

प्रजातन्त्रको दुहाई दिने नेपाली नेताहरू यहाँका निरंकुश राजाहरूभन्दा नालायक रहे भन्ने कुरा प्रकारान्तरमा प्रमाणित हुन आएको छ । भारतको नियत, व्यवहार अनि उसको स्वभावसँग पूर्णतः परिचित राजा महेन्द्रले उहिल्यै देखिसकेका थिए कि एक दिन भारतले नेपालमाथि कुदृष्टि लगाउने छ । त्यसैले उनले नेपालबाट भारतको चेकपोस्ट हटाइदिए । तराईका मधेसीलाई काठमाडौँ र पहाडमा अनि पहाडियालाई तराईमा बसोबासको व्यवस्था मिलाइदिएर सहीरूपमा नेपालको सामाजिक एकीकरणको अभियानलाई द्रुततर गतिमा अगाडि बढाए । तर, नेताहरूले भारतको नियतको आकलन गर्नै सकेनन् । उनीहरूले भारतको नियत बुझ्न सकेका भए यो २५ वर्षको समयमा आफ्नो देशको परनिर्भरता (भारतनिर्भरता) को अन्त्य गरिसक्थे । वर्षको ५ प्रतिशतको दरले मात्रै भए पनि भारतनिर्भरता घटाउने प्रयत्न गरेको भए अहिले हाहाकार हुने थिएन । विकासको महŒव र आवश्यकता नेताहरूले बुझ्न सकेका भए नेपालको हैसियत आज अर्कै भइसक्थ्यो ।

भारतको उच्च महत्वाकांकक्षा

सन् १९७० को दशकमा भारतकी प्रधान मन्त्री इन्दिरा गान्धीको लोकप्रियताले शिखर चुमेको थियो । भारतभित्रको लोकप्रियताले इन्दिराभित्र दक्षिण एसियाकै 'बेताज बादशाह' बनाउने महŒवाकांक्षाको भूत सवार गराएको थियो । त्यही महŒवाकांक्षा परिपूर्तिका निम्ति भारतले दक्षिण एसियाली 'ग्रान्ड डिजाइन' को रचना ग¥यो । त्यही डिजाइनले पूर्व पाकिस्तानलाई पश्चिमबाट छुट्टाइदियो । अनि सिक्किमलाई भारतले निलिदियो । त्यसैगरी नेपालको तराई जो उनको आफ्नै हजुरबुवाको भनाइमा 'भारतको सुरक्षाको दृष्टिले बफर स्टेट' थियो त्यसलाई नेपालबाट छुट्टाउने षड्यन्त्रको तानाबाना बुन्न 'रअ' नामको सरकारी जासुसी संस्थाको जिम्मा लगाइदिइन् भन्ने कुराको पर्दाफास तत्कालीन 'रअ' कै पदाधिकारीद्वारा लिखित 'मिसन रअ' मा उल्लेख भएको सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएको छ । नेपालको तराईमा दुई महिनाभन्दा बढीसमयदेखि चल्दै आएको आन्दोलन र त्यसको समर्थनमा चट्टानझैँ खडा रहेको वर्तमान भारतीय सरकार कहीँ इन्दिराको सपना साकार पार्न लागिपरेको त होइन ? होइन भने नेपालको तराईका प्रदेशमा कुनै जिल्ला भित्रियून् वा बाहिरियून उसको टाउको दुखाइ किन ?

अन्त्यमा, नाकाबन्दीको स्वाभाविक परिणति २ प्रकारका हुन्छन् । पहिलो, कुनै एक पक्षले आत्मसमर्पण गर्नु र दोस्रो, युद्ध ! कुनै बहानामा कसैले आत्मसमर्पण ग¥यो भने पूर्वअवस्थामा फर्किन नसक्ने कुरा होइन । तर, नाकाबन्दीको अवस्था भनेको दुवै पक्षले आआफ्नो सामरिक शक्तिको सञ्चय गरी युद्धको लागि आफूलाई तयार पार्नु नै हो । नेपालले भारतसँग युद्ध गरेर आफ्नो अधिकारको पुनस्र्थापना गर्न सक्ला भन्ने कुराको विश्वास धेरैलाई नहुन सक्छ, तर आफ्नो अस्मिताको रक्षा र सार्वभौमिकताको सम्मानकै लागि र न्याय पुनस्र्थापित गर्न 'न्याययुद्ध' गर्नैपर्छ भन्नेहरूको मत दिनानुदिन बढिरहेको छ । अन्यथा, भावी सन्तानले वर्तमान पुस्तालाई दुत्कार्न सक्छन् । महाभारतको युद्धमा पाण्डव र कौरव दुवै पक्षलाई अरु कैयौँ देशले साथ दिएका थिए । त्यस्तै, नेपालका पनि कोही त्यस्ता भरोसायोग्य मित्र छन् भने, गुहार्ने समय यही हो । समय घर्किसकेपछि कुना पसेर रुनुको के अर्थ !

source :- Nagariknews
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment