काढोका पुग्थे । यसरी नै रेडियो नेपालको स्थापना भएपछि देशमा जनतालाई राष्ट्रियताप्रति सचेत र देशको नाम विश्वभर उज्यालो बनाउन गीतकारहरुले घन्काएका थिए यो नेपाली शीर उचाली संसारमा लम्किन्छ, जुनकिरीझै ज्योति बाली अन्धकारमा चम्किन्छ । बुढापाकाहरु पनि राणाहरुको अन्याय–अत्याचारबाट पिल्सिएका हुनाले प्रजातन्त्रको प्राप्तिपछिका नारा, जुलुस र आमसभाहरुमा जहानियॉ राणा शासकहरुले नेपाली जनतालाई दासहरु जस्तै बनाएर १०४ वर्षसम्म अ‘ध्यारो जेलभित्र थुनेर राखेकाले नेपाली जनताले पशुको जस्तो जीवन जिउनुपरेको र प्रजातन्त्र प्राप्तिपछि राणाको क्रुर शासनबाट मुक्ति पाएकोमा मुक्ति आन्दोलनका युवा नेताहरुप्रति जयजयकार गाएको जताततै सुनिन्थ्यो । हु‘दाहु‘दै विसं. २०१५ सालको आमनिर्वाचन पनि भयो र नेपाली कांग्रेसले दुईतिहाई मतले चुनाव जित्यो । किनकि नेपाली कांग्रेसले जमिन कसको जोत्ने को, घर कसको पोत्नेको भनेर निकै मीठो चुनावी नारा राणाहरुबाट पीडित आम गरिव नेपाली किसानहरुको घर–घरमा घन्कायो र उता विश्वमा बढ्दै गएको कम्युनिष्ट समाजवादी नौलो पूर्वीय प्रजातन्त्रको प्रभाव बढ्दै गएकाले सामन्ती, राणा र जमिनदार वर्गहरुले आम साधारण नेपाली जनतामा झुटो सत्तरी वर्ष काटेपछि कम्युनिष्ट व्यवस्थामा मानिसलाई गोली ठोकेर मारिदिने नियम हुन्छ भनी झूठो प्रचारमा सोझा नेपाली जनताको भोट जित्न सकेको थियो । तर चुनाव जितेर मात्र के गर्ने नेपाली कांग्रेसका सामन्ती राणाहरुका धुपौरेहरुले जसको लाठी उसैको भैंसी भनेझैं जसको सरकार उसैको राष्ट्रिय ढुकुटी हो भन्दै देशको बजेट पार्टीको विजय उत्सवको भोज भतेरमा नै सिद्धायो ।
त्यसरी नै हरेक उच्च सरकारी पदमा आफ्ना आसेपासे र असक्षम व्यक्तिहरुलाई जागिर खुवाएर देशमा एक डेढ वर्षभित्रैमा आर्थिक संकट र सामाजिक विभेदहरु अनगिन्ती क्ष्ँेत्रमा पैदा गर्दै गयो । यो कुरा भारतको बनारसमा हुर्केका विपि कोइरालाहरुलाई थाहा थिएन कि नेपालमा राष्ट्रवादी गोरखाली तथा कम्युनिष्ट नेताहरुको सचेतनाले पनि जनतामा समाजवादी चेतनाको विकास भित्रभित्रै गरिरहेको छ भन्ने कुरा ।वास्तवमा कुनै पनि राजनीतिक व्यवस्था वा प्रणाली देश निर्माणमा साध्य हैन त्यो त एउटा साधन मात्र हो । तर देशलाई अघि बढाउन नभई नहुने कुरा नेतृत्व वर्गमा निहित हुने स्पष्ट राजनीतिक भिजन हो । जुन भिजनले आम नागरिकमा देशको माटोप्रति समान दायित्वको बोध गराउन सकोस् । तर पञ्चायतकालका होउन् वा संसदीय शासनकाल २०१५ सालतिरका नेताहरु नै किन नहुन दृष्टिकोण नै व्यक्तिवादी स्वार्थमा लिप्त भएपछि नेपालका पञ्च भनाउ‘दाहरुले प्रजातन्त्रको बिरुद्धमा गाउ‘फर्र्क राष्ट्रिय अभियानजस्तो सामाजिक विकास नीतिको कार्यक्रमलाई २०३० सालमा राजनीतिकरण गरिदिदा पञ्चायती व्यवस्थाको उदार तर तटस्थ प्रजातन्त्रवादी राजनीति प्रणालीको अवसान नै गरिदिए २०४६ साल चैत २७ गतेबाट । पञ्चहरु पनि सामन्त वर्गकै चाकरी गर्ने र जनतामाथि उत्पीडन मच्चाउने उही पुरानै जातिवादी प्रथाका पुजारीहरु नै त थिए । त्यसो हुनाले नै नेपालमा प्रजातन्त्रका पक्षधरहरु नेपाली कांग्रेस र वामपन्थीहरुको संयुक्त मोर्चाले स्व. गणेश मानसिंहको नेतृत्वमा दुई महिने प्रथम जनआन्दोलनको संघर्ष चलाएपछि नै २०४६ साल चैत २७ गते प्रजातन्त्रको पुनस्थापना भएको हो । तर आजसम्म आइपुग्दा पनि यो नेपाली शीर उचाली संसारमा लम्कनु त कता हो कता नेपाली जनता त आज साउदी अरबको मरुभूमिमा भेडा र उ‘ट चराउन तथा मलेसियाको जंगलमा भारी आरा चलाउन तथा इराकका मरुभूमिमा रोजगार गर्दा गर्दै हलहल भएर घाटी सेरिएर मर्न बाध्य भएका छौं । के ओठले मीठो गीत गाउदैमा राष्ट्रको इज्जत उच्च हुने हो र ? के काठमाडौंमा मात्र डबल रिङ्गरोड र चौडा राजमार्गहरु निर्माण गरेर नेपाली जनताको जीवनस्तर माथि उठ्ने हो र ? आज जताततै विदेशी सहयोग ओइरिरहेको छ खैत नेपाली बाढी पीडित, सुकुम्बासी, मुक्त कमैया र मुक्त हलियाहरुले रोजगारी र बस्ने सुरक्षित बास पाएको ? गास त अर्काको देशमा श्रम बेचेर परेवाको माउले बच्चालाई चारो खोजेर ल्याएजस्तै लाहुर गएर कमाएर भए पनि पु¥याउलान् । तर सरकार छ देशमा भन्ने दलका नेताहरुले प्रजातन्त्रको दुहाइ दिनेहरुले जनताप्रति जवाफदेहिता पूरा गरेको खै ? यसरी अब त यो पंङ्तिकार लेख्न र गाउन पनि बाध्य हुनेछ कि यो नेपाली शीर झुकाइ सस्तो श्रम बेचेर विदेश घुम्दछ । सीपमूलक शिक्षा नपाई, दुर्घटनामा ज्यान गुमाउने नेपालीकै लाश चुम्दछ । अन्धकारमा कोठी कोठी काम गरेर जहान पाल्दछ । नेताहरुले नदी बेचे । ढुंगामाटो सबै बेचे ।
जेहोस् सतीले सरापेको हाम्रो जननी नेपालको हिंजोको बडाले जे ग¥यो काम हुन्छ त्यो सर्वसम्मत भन्ने चाकडीबादी सामन्ती संस्कृतिले आज प्राकृतिक सम्पदाहरुले विश्वकै धनी राष्ट्रमा गणना हुनुपर्ने देश असक्षम भ्रष्टाचारयुक्त, असफल र कम विकसित मुलुककै स्थानमा विद्यमान रहिरहनुमा अवश्य पनि हाम्रा स्वार्थी, पक्षपाती, दास मनोवृत्ति तथा अल्पज्ञानी नेताहरु भएकाले नै आज नेपाली हामी वीर गोर्खाली जनजाति योद्धाहरुको नाम बेचेर भए पनि शीर झुकाई बॉच्न बाध्य पारिएका छौं । किनकि नेपालले वीर गजे घले तथा कालु गुरुङजस्ता गोर्खाली नेपाली वीरहरु जन्माएको थियो र अब ब्रेनड्रेनको डलर भूमण्डलीकरण नीतिले सायदै विश्वमा शीर उचालेर सगरमाथालाई आफ्नो शीरको मुकुट कायमै राख्ने नेपाली भीमसेन थापाहरु विरलै जन्मिएर नेतृत्व दिन सक्लान् । किनकि स्वाभिमानीपन जुन नेपालीहरुमा एकीकरणको समयमा जागरण भएको थियो र भीमसेन थापा तथा अमरसिंह थापा आदिका पालामा उत्सर्गमा पुगेको थियो त्यसपछि नेपाल खाल्डोभित्रका दरबार वरिपरि नाच्ने वडा साहेव भनाउ‘दाहरुले नै नेपालको राष्ट्रियतालाई कैद गर्न पुगे । यसरी नेपालीको शीर आजको यो नयॉ नेपालको नयॉ संघीय गणतान्त्रिक शासन प्रणालीले सात वर्ष अघिदेखि निकै माथि उचालिरहेको छ भन्ने भान सत्तालाई पेवा ठान्नेहरुलाई नै अवगत होला । हामी आम नेपाली जनतालाई त कागलाई बेल पाक्यो हर्ष न विस्मात जस्तै भएको छैन र ?
0 comments:
Post a Comment