Sponsor

नेपाल


एशियाका ठूला देशहरू चीन र भारतको बीचमा हिमालयको काखमा बसेको नेपालको इतिहास यस क्षेत्रका अन्य देशहरूको भन्दा फरक छ। नेपालदेखि दक्षिणपटि रहेका देशहरू विदेशी अधिनमा रहँदा पनि नेपाल स्वतन्त्र राष्ट्रको रूपमा रहिरह्यो। नेपाल शब्द सबैभन्दा पहिला अथर्ववेदमा उल्लेख गरिएको पाइन्छ। यसअनुसार नेपाल हिमालको काखमा भएको कारणबाट नेपाल नामको उत्पत्ति संस्कृत शब्द 'निपालय बाट भएको हुन सक्छ, जस्को अर्थ "पहाडको आधार (खुट्टा) " अथवा "खुट्टामा निवास" हो । यसका साथै तलका कथनहरू पनि सुन्नमा आउने गर्दछन्:
- नेपाल शब्द तिब्बती भाषा नियमपाल बाट आएको हो, यसको अर्थ हो "पवित्र भूमी" हुन्छ।
- धेरै लामो समय पहिला नेपाल धेरै मात्रामा ऊनको उत्पादन गरिन्थ्यो र ऊन राख्नलाई तिरपालको घरको प्रयोग गरिन्थ्यो। यहाँ ने जस्को अर्थ हो ऊन र पाल जस्को अर्थ हो तिरपाल भएकोले यसै शब्दबाट नेपाल नाम रहन गएको हुन सक्छ।
- ने नाम गरेका ऋषीले संरक्षण दिएका कारण ने र पाल(संरक्षण गर्नु) भन्ने शब्द मिली नेपाल बनेको हुन सक्छ।
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment