तर अमेरिकाले जापानमा आक्रमण गर्नु पुर्व जापानी सेनाको क्रुर आक्रमणको बारेमा कमैलाई थाहा हुनसक्छ । सन् १९४५ मा जापान माथी परमाणु आक्रमण हुनु पुर्व जापानले चीनमा ठुलो क्षती पुर्याएको थियो ।
सन् १९३७ देखि १९४५ सम्म भएको चीन-जापान युद्धको बेला जापानले चीनमा ठुलो क्षती पुर्याएको थियो । चीनको दाबी अनुसार करिब ३ करोड ५० लाख चीनीयाँ सैनीक र साधारणको ज्यान जापानी सेनाले लिएका थिए । जापानी सेनाले निकै क्रुरता देखाएको चीनको दाबी छ ।
त्यो युद्धमा सामेल जापानी सैनिक गिसाबुरा इकेदाले आफ्नो अनुभव पुस्तकमा समेत ‘हामीले झण्डै १ हजार मानिसलाई जिउँदै खोलामा डुबाएर मारेका थियौं’ भनेर लेखेका छन् । त्यस्तै चीनको अर्काइब अथोरोटी प्रशासनले जारी गरेको रिपोर्टमा लेखिएको छ– उक्त युद्धको समयमा जापानीजहरुले चीनीया नागरिकको मासु समेत खाएका थिए ।
युद्धसँगै चीनका मुख्य भागहमा जापानी सेनाले कब्जा गर्दै गएको थियो । त्यतिबेला चीनको राजधानी नानजींग थियो । अहिलेको राजधानी बेइजिङ शहरलाई जापानी सेनाले कब्जा गरेको थियो । त्यसपछि उनीहरुले सांघाइ शहर कब्जा गरेर राजधानी माथी आक्रमण गरे । बताइएअनुसार ४ महिनाको युद्धमै करिब ३ लाख चीनीयाँको ज्यान गएको थियो, ६० हजार महिला बलात्कृत भएका थिए ।
चीनको उत्तर तथा उत्तरपुर्वी अधिकांश भुभाग कब्जा गरिसकेको अवस्थामा जापानले अमेरिकाको पर्ल हार्वरमा आक्रमण गर्यो । त्यसपछि अमेरिकाले जापानमाथी आक्रमण गर्यो । अमेरिकाको साथ पाएपछि चीनपनि सशक्त रुपमा अगाडि आयो ।
सन् १९४५ को हिरोशिमा र नागासाकी आक्रमणपछि जापानले हार स्विकार्यो । साढे तीन करोड चीनीयाँ र जापानका २ लाख सैनिकको मृत्यु भएको थियो ।
0 comments:
Post a Comment