Sponsor

बलरामबारे सूर्यप्रसाद शर्माले लेखेको कविता



देखेर उसको चित्र मन् सारै अमिलो भयो

बिर्सिएउं इतिहास आज धुलोमा पुरियो गयो

सम्झन्छु छत्तिस सालमा यो मान्छे जोशिलो कति

उचाल्थ्यो हज्जारौं मान्छे मोहनी लाउथ्यो अति

सम्झन्छु एक दिन उसले सम्बोधन गरदै थियो

एक्कासि काठ मांडूमा दर्के झरी सुरु भयो

के जादु लगायो कुन्नि मान्छे सब जहाँ को तहीं

लछप्पै भिजेर तालि मान्छेले ठोके को ठोकेइ

दरबार तिर तेर्स्याई चोरी औंला उ गर्जियो

तन्काइ निर्धक्क छाती मान्छे हाम्रो उ गर्जियो


मदनको बाजे थ्यो बाबै दृष्टिकोण थियो सफा

पदको गरेन माग दृष्टिकोण अति सफा

पिटाइ चुटाइ खायो विद्युतीय करेन्ट पनि

बि यल पढेको मान्छे आज यो हालत छ नि

मगर जातिको सन्तान चुचेको हेलामा पर्यो रु

भो तेसो नभनम क्यारे गरिबको छोरो जो पर्यो


मानसिक रोग त्यो जाबो केइ होइन उपचार गरे

ओझेलमा परेर मान्छे हेर त जिउंदै मरे

दौंतरी बलराम तिम्रा दश नंग्री खियाउँदै

हेर्लान कि यो तिम्रो चित्र आफ्नो आत्मा चियाउँदै

तिमि जस्तै असरल्ल तपस्या हाम्रो नि भयो

रगत र पसिना हाम्रो खै कसको सम्पति भयो ?
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment