Sponsor

देशले पीडा भोगेका बेला मरिचमान सिंह सम्झना


मरिचमान सिंहको प्रधानमन्त्रीकालमा देशले लामो भारतीय नाकाबन्दी खेप्नु पर्यो । जुन आज पनि चर्चा गरिन्छ । भारत नेपाललाई झुकाएर आफ्नो इसारामा नचाउन खोज्ने ,तत्कालीन प्रधानमन्त्री मरिचमान र दरवार भारतका सामु नझुक्ने भएका कारण नेपालको तत्कालीन सरकारलाई अफ्ठायारोमा पार्नका लागि भारतले आर्थिक नाकाबन्दी लगायो । भारतको नाकाबन्दीका विरुद्धमा निडर प्रधानमन्त्री सिंह झुकेनन् बरु सत्ताच्यूत गरिए ।





भारतका सामु मरिचमान नझुक्दा उनको राजनीतिक यात्रा त असहज भयो तर उनको देशभक्ति झनझन जनमानसका अगाडि आयो । अहिलेको राजनैतिक अराजकता र नेपालको आन्तरिक मामिलामा बढ्दो भारतीय र अन्य विदेशी हस्तक्षेपले मरिचमानको व्यक्तित्व र चरित्रलाई अझ माथि उठाइदिएको छ । । 
२०४६ सालमा भारतले लगाएको आर्थिक नाकाबन्दी समक्ष नझुकेका र भारतले पठाएका गोप्य दस्तावेजमा अपारदर्शी रुपले हस्ताक्षेर गर्न नमानेका कारण उनको राजनीतिक जीवनलाई समाप्त पार्ने काम गरियो । त्यसबेला मरिचमानले लिएको राष्ट्रिय अडान नेपाली राष्ट्रवादको मानक हुन सक्छ । उनले राष्ट्रिय स्वाभिमान जोगाउन खेलेको भूमिको चर्को मूल्य तिर्नु पर्यो । उनलाई अपमान गर्न मुलुकका दलहरु र भारत कम्मर कसेर लागे ।

पत्रमा उनले लेखेका छन्“नेपाल र भारतबीचको व्यापार तथा पारवान सन्धिहरुको समाप्तिपछि जनजीवनमा पर्न आएका केही कठिनाईबाट रत्तिभर पनि विचलित नभई धैर्य र संयमका साथ राष्ट्रिय स्वाभिमान अडाउन हक र हितको पक्षमा तपाईबाट देखाएको समझदारी , सहयोग र दृढता श्री ५ को सरकारको लागि सशक्त आधार हुन पुगेको ।” मरिचमान सिंह जनजाति नेवार समुदायबाट पहिलो प्रधानमन्त्री बन्न पुगे । उनलाई राजनीति गर्न त्यति सजिलो थिएन । हकि , निडर उनी बरु राजनीतिबाट अलग्ग बसे तर देश बेचेनन् । उनै युगपुरुष मरिचमानमा श्रद्धासुमन ।





~imagekhabar.com
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment