Sponsor

महान फुटबल खेलाडी पेलेको जिवनमा आधारित फिल्मको ट्रेलर सार्वजनिक (भिडियो)


एजेन्सी। एडसन एरान्टेन्स डो नासिमेन्टो 'पेले' अर्थात ब्राजिलियन सुपर स्टार तथा फुटबल जगतका बादशाहको जिवनमा आधारित रहेर चलचित्र बनेको छ। सन् १९४० अक्टोवर२३ मा ब्राजिल स्थित एड्सन गाउँको एक गरिब परिवारमा जन्मेका उनि आफ्नो जिवनमा विभिन्न संघर्षका बिच आफ्नो अदभूत खेल कौशलले फुटबल संसारमा प्रख्यात भए।

बाल्यकालमा फुटबल किन्ने पैसा नभएर बोराको गोल बनाएर खेल्ने गरेका पेले कसरि सफल खेलाडी भए भन्ने जिवनको संघर्ष समेटेर एक फिल्म बनाईएको छ। उक्त फिल्म यहि मे महिनाको ६ तारिक बाट विश्वभर प्रदर्शनमा आउने छ।

पेलेको पहिलो अन्तराष्ट्रिय खेल अर्जेन्टिना बिरुद्ध रहेको थियो जुन खेलमा ब्राजिल २-१ गोलले बिजयी भएको थियो। उक्त खेलमा पेलेले पहिलो अन्तराष्ट्रिय गोल गरके थिए। १६ बर्ष ९ महिनामा गरिएको उक्त गोल गरेका थिए। 

तीन पटक विश्वकप फुटबल जितेका पेले अहिलेसम्म कै सार्वाधिक चर्चित फुटबल खेलाडी हुन्। सन् १९५८, १९६२ र १९७०मा विश्वकप फुटबल बिजेता ब्राजिलको टोलीमा पेले रहेका थिए। 

पेलेको जिवनमा बनाईएको चलचित्रमा उनले फुटबलकालागि गरेको संघर्ष देखाईएको छ भने उनको परिवारमा आएको दुख र खुशीका क्षणहरु पनि समावेस गरिएको छ। विश्वका सार्वाधिक चर्चित फुटबल खेलाडी माथि बनाईएको चलचित्र फुटबल प्रेमीहरुकालागि बहुप्रतिक्षित रहेको छ। पेलेकाबारेमा रहेका धेरै मिथकहरु पनि उक्त चलचित्रले तोड्ने विश्वास चलचित्रप्रेमीहरुले गरेका छन्। 

भिडियो: 


 
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment