ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारत ले नेपाल बिरुद्द गरेको नाकाबन्दि को विषयलाई लिएर आज संयुक्त राष्ट्रसंघ का महासचिब बान कि मुन लाई ८ बुदे ज्ञापनपत्र पठाएको छ । मोर्चा क अध्यक्ष फणिन्द्र नेपाल ले संयुक्त राष्ट्रसंघ नेपाल कार्यलय का सुरक्षा अधिकृत रामबहादुर शाह लाई उक्त ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापन पत्रमा भारत ले नेपाल संग गरेका व्यापार तथा पारबहन सन्धिको अपहेलना गर्नुका अतिरिक्त पारबहन र खुल्ला ब्यापार सम्बन्धि अभिसन्धि हरुको खुला रुपमा उलंघन गरेको हुदा भारत माथि उचित कारबाही गरियोस भनि महासचिब मुन समक्ष अनुरोध गरिएको छ ।
ज्ञापन पत्रमा गत अप्रिल २५ र मे १२ का दिन आएका दुई ठूला भूकम्पबाट शोक र दुःखमा डुबेका नेपाल र नेपाली यो भयङ्कर विपत्तिबाट तंग्रिन नपाउँदै, गत सेप्टेम्बर २० देखि अप्रत्याशित रुपमा नेपाल विरुद्ध भारतले गरेको अघोषित तर अन्यायपूर्ण नाकाबन्दीले नेपाली जनजीवनमा पारेको असरका सम्बन्धमा महासचिबको ध्यानाकर्षण गर्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा ले बान कि मुनप्रति आशाको नजरले हेरी यसको उचित उपचार खोजिनेछ भन्ने विश्वास प्रकट गरेको छ ।
ज्ञापन पत्रमा भनिएको छ - नेपाल विरुद्धको नाकाबन्दी बारे भारतले विश्वमा भ्रामक प्रचार गरेको छ । भारतबाट नेपाल जाने मालबाहक तथा पेट्रोलियम बोकेका गाडीहरुको सुरक्षा नेपालभित्र हुन नसक्ने हुँदा सुरक्षाका कारण त्यस्ता साधन रोकिएको भन्ने कुरा पूर्णतः गलत हो । भारतले नेपालमा गलत ढंगले नागरिकता लिएका भारतीय आप्रवासीलाई भारतीय भूभागमा बोलाएर सडक अवरोध गर्न प्रोत्साहित गरेको र तिनको व्यवस्थापन समेत गरेको हुँदा अवरोधको स्थिति देखिएको हो । हालै भारतका गृहमन्त्री राजनाथ सिंहले नेपालमा १ करोड भारतीय रहेको बताएका र अहिले भारतले तिनै भारतीयलाई नेपाल विरुद्ध प्रयोग गरेको हो भन्ने कुरा स्मरणीय छ ।
 |
|
भारतको यस व्यवहारबाट नेपालको अर्थतन्त्र ठूलो धक्का पुगेको छ र आम नागरिकले भारत सृजित कृत्रिम समस्याको चपेटामा पर्नु परेकोे छ । यो दुरावस्थाबाट मुक्तिका निम्ति संयुक्त राष्ट्र संघका महासचिवको सक्रिय चासो र भारतमाथि उचित कार्वाही होओस् भनी ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा महासचिव समक्ष जोडदार माग गर्दछ । भारतिय पक्षबाट भएको यो नाकाबन्दी मानवता विरुद्ध समेत भएको र यो समस्या लम्विए नेपालीहरुको धैर्यको बाँध भत्कने र उनीहरु अहिंसात्मक प्रतिक्रियामा सीमित रहन नसक्ने सम्भावना तर्फ पनि मोर्चा ले महासचिवको ध्यानाकर्षण गरेको छ ।
ज्ञापनपत्र बुझेपछि सुरक्षा अधिकृत रामबहादुर शाहले यो ज्ञापनपत्र कत्ति पनि ढिलो नगरी महासचिब समक्ष पठाइने आश्वासन दिनुभयो ।

0 comments:
Post a Comment