
(त्यती बेलाको चर्चित गहना नेपाली महिलाको । अहिलेपनि सायद कतै कतै लगाउंदै छन् क्यारे चाँदीकै भएपनि । के यस्तै के देख्दन पाइन्छ र ? त्यतिबेला रंगिन तस्बिर खिच्न असाध्यै महँगो र दूर्लभ थियो रे फ्रान्समापनि। मोरिस हेर्जोकले त्यहि भन्दै थिए मसित। त्यसैले अधिकांश फोटो श्याम स्वेत लिएछन्। केहि एकदमै महत्वपूर्ण मात्रै रंगिन खिचेका रहेछन् । यो पनि फ्रान्सेली टोलीकोलागि महत्वपूर्ण तस्बिर रहेछ । त्यसैले रंगिन खिचेछन्)

(मोरिस हेर्जोकको टोली नेपालको हिमाल आरोहणमा जाने निर्णय भएपछि त्यसको खबर सार्वजनिक गर्न फ्रान्समा आयोजना गर्न लागिएको सभा बनाइँदै। काँध माथि चढेर एक उच्च अधिकारी भगवानका आक्रिति कोरिएका चित्रकला टाँग्दै छन् । त्यतिबेला फ्रान्समा यसलाई ठुलो उत्सवका रुपमा लिईएको रहेछ साहसिक यात्राको क्षेत्रमा फ्रान्सेलीहरुले विश्व नै बिजय गर्न लागे भनेझैं गरेर । )

(त्यो बेला अन्नपूर्ण जेठो हिमाल चढ्ने फ्रान्सेली दलका सदस्य यिनै हुन् । दुई जना यहाँ छैनन् । राती टेन्टमा बसेका हुन्)

(कालीगण्डकी नदीको किनारमा आरोहण दलले राति सुत्न टाँगेको टेन्ट। उनीहरु यस्तो भिरालो जमिन देख्दा छक्कै परेछन्। जुन कुरा मोरिस हेर्जिकको पुस्तकमा खुब बयान गरिएको छ)

(सन् १९५० मा जोमसोम त यति सानो पो रहेछ। अहिले कम्तिमा ५० सै गुणा ठुलो छैन त ?)

( यो मुक्तिनाथ पहिलेको झारकोट भन्ने गाउँ रहेछ । )

(त्यतिखेर सञ्चार, यातायात केहिपनि नभएकोले मोरिस हेर्जोकहरुको समूहनै पहिलो रहेछ नेपालीले देखेका गोरा छाला। उनीहरुलाई भगवाननै आएझैं सबका सबले कुप्री पर्दै नमस्कार गर्ने रहेछन् ।अनि गोरा पर्ने रहेछन् दंग ।)

(सानो बौद्द गुम्बा। यो त अझैपनि छ । योपनि फ्रान्सेली दलको प्राथमिकतामा परेकोले रंगिन खिचेछन्)

(हेर्नुस त बच्चा सहितको माउ पनि मारेका पापीहरुले !! यो अन्नपूर्ण क्षेत्रमा गरिएको हो । अहिलेपनि नेपालमा अनुमती लिएर सिमित क्षेत्र र याममा शिकार खेल्न त पाइन्छ नै तर यसरि बच्चासहितको माउ मार्न भने प्रतिबन्ध छ)

(नेपालको हिमालमा विश्व ईतिहास रचेको दिन यहि हो । सन् १९५० जुन ०३ का दिन दिउँसो २ बजे । फ्रान्सेली झण्डा अन्नपूर्ण जेठो हिमालको चुचुरोमा फहराउँदै मोरिस हेर्जोग)

(आरोहण त गरे तर हिउँले हात र गोडाका औंला खाएपछि मोरिस हेर्जोग बिरामी परेछन् । उनलाई त्यतिबेलाको एम्बुलेन्स सेवा खाटमा चार जना नेपालीले बोकेर ल्याउँदै । यि भरियाहरुले त्यो बेला जनही पाँच रुपियाँ पाएका रहेछन् जुन ‘गोरा साहेब‘ ले त्यो बेला दिएको खुब आकर्षक रकम मानिने रहेछ)

(फ्रान्सेलीले अन्नपूर्ण हिमाल चढे रे भन्ने थाह पाएपछि त्यति बेलाका नेपालका राणा प्रधानमन्त्री मोहन शमशेरले दरबारमा बोलाएछन् । र मोरिस हेर्जोकको दललाई “तिमीहरुले ठुलो बहादुरी गर्यौ” भनेर बधाई दिँदै गरेका मोहन शमशेर बिचमा । दाहिने हिउँले हात गोडाका औँला खाएर गुमाउनुपर्ने अवस्थामा पुगेका मोरिस हेर्जोक र देब्रेतिरका तत्कालिन भारत स्थित फ्रान्सेली दुतावासका कूटनितिज्ञ फँसिस द नोईयल। यो यात्राको सम्पूर्ण ब्यवस्था यिनै नोईयलले मिलाएका थिए ।

(अन्नपूर्णको आरोहणपछि मोरिस हेर्जोग र मार्सेल ईसाकले लेखेको यो पुस्तक विश्वभरि अतिनै प्रसिद्द भयो । बिभिन्न ६० भन्दा बढि भाषामा प्रकाशित यो पुस्तक प्रकाशित भएको ६ महिनासम्म त बाईबल भन्दापनि बढि बिक्रि भएको रहेछ अमेरिकामा । यो पुस्तक पढेर धेरै बिदेशीहरु नेपाल आउने गरेका छन् अझैपनि)
(सबै तस्बिर मोरिस हेर्जोक र उनकै दलका अर्का सदस्य मार्सेल इसाकद्वारा लेखिएको ‘रगार्द भेर् लान्नपूर्न अन्नपूर्णतिर हेर‘ भन्ने पुस्तकबाट लिईएको हो)
0 comments:
Post a Comment